ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संस्कृत भाषा साहित्य र ज्ञानको खानी – पूर्वप्रधानमन्त्री नेपाल


एबीसी न्यूज
३० कार्तिक २०७६, शनिबार   १० : ५७   बजे


महोत्तरी, ३० कात्तिक । पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संस्कृत भाषा र साहित्य समृद्ध रहेको बताउनु भएको छ । महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत मावि र याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ ९संस्कृत क्याम्पस० मा अध्ययन गरेका भूतपूर्व संस्कृत विद्यार्थी समाजको जारी प्रथम सम्मेलनका सहभागी प्रतिनिधिसँग आज बिहान सम्मेलन सफलताको कामना गर्दै वरिष्ठ नेता नेपालले संस्कृत भाषा वैज्ञानिक हुनाका साथै ज्ञानको खानी भएको बताउनु भएको हो ।

बिहान राजकीय संस्कृत विद्यालय परिसर पुग्नुभएका नेपाललाई संस्कृत माविका विद्यालयका विद्यार्थीले वैदिक मन्त्रोच्चारणबीच स्वस्तिवाचन गरेका थिए । संस्कृत मावि र विद्यापीठको अवलोकन गर्नुभएका नेपाललाई समाजमा आबद्ध दुवै शिक्षालयका पूर्वविद्यार्थीले स्वागत गर्दै संस्कृत शिक्षा उपेक्षित हुँदै गएको गुनासो गरेका थिए ।

सम्मेलनमा सहभागी हुन आउनुभएका समाजमा आबद्ध हाल पूर्वाञ्चल विश्वविद्यालयका डिन डा शम्भु कोइरालाले मटिहानीको मुख्य आकर्षण संस्कृत शिक्षा भएको उल्लेख गर्दै यसको संवद्र्धनका लागि नेपालको ध्यानाकर्षण गराउनु भएको छ ।

सम्मेलनका सहभागीसँग वरिष्ठ नेता नेपालले संस्कृतको संरक्षण र संवद्र्धनमा सबै तहका सरकार र प्रबुद्ध वर्गको निरन्तर सहयोग रहनुपर्नेमा जोड दिनुभयो । आफ्नो तहबाट यसका लागि उच्चतम प्रयत्न गरिने नेपालले प्रतिबद्धता जनाउनुभयो । समाजको प्रथम सम्मेलनमा सहभागी हुन ५० वर्षअघि सम्मका ३०० पूर्वविद्याथी अहिले मटिहानी पुगेका छन् ।

शुक्रबार शुरु भएको सम्मेलनको उद्घाटन गर्दै प्रदेश—२ का प्रमुख तिलक परियारले सबै संस्कृति परम्परा र भाषाले संवद्र्धनको अवसर पाउनुपर्ने उल्लेख गर्नुभयो । समारोहमा प्रदेश–२ सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले मटिहानी धार्मिक र पुरातात्विक महत्वको ठाउँ भएको उल्लेख गर्दै यसको विकासमा प्रदेश सरकारले पहलकदमी लिएको बताउनु भएको थियो ।

मटिहानीमा वैदिक भाषा संस्कृतको पठनपाठन हुने मावि र उच्च शिक्षा पठनपाठन हुने विद्यापीठसहित मुलुकभरिका मठ र गुठीमध्ये मुख्य मानिँदै आएको लक्ष्मीनारायण मठ छ । नेपाल–भारत सीमा क्षेत्र अवस्थित मटिहानी रामायणकालमा राम जानकीको विवाहमा वेदी बनाइने माटो मटिहानीकै लक्ष्मीसागरबाट लगिएको विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group