ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय – नेता नेम्वाङ


एबीसी न्यूज
३० कार्तिक २०७६, शनिबार   १२ : २१   बजे


पशुपतीनगर, ३० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय कार्य भएको भन्दै उक्त कार्य सच्याउन माग गर्नुभएको छ ।

इलामको माङसेबुङमा नेकपा गाउँ कमिटीले आयोजना गरेको पार्टी प्रवेश, शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भारतले अतिक्रमण गरेको भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहलसमेत अघि बढाएको बताउनुभयो । “कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी हो”, उहाँले भन्नुभयो, “यस सम्बन्धमा सङ्घीय सरकारले कूटनीतिक पहल थालिसकेको छ, भारतीय कदमको विरोधमा समग्र नेपाल एकजुट छ ।”

मुलुक विकास र समृद्धिको यात्रामा अघि बढेको भन्दै नेता नेम्वाङले समृद्धिको यात्रामा सबै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । तीनै तहका सरकारले जनताका पक्षमा महत्वपूर्ण काम गर्दै अघि बढिरहेकाले उहाँले त्यसका लागि जनताले प्रत्यक्ष चुनेका प्रतिनिधिले बनाएको नेपालको संविधानले सम्पूर्ण नेपालीको हक, अधिकारको ग्यारेण्टी गरेको र सरकार त्यसैको कार्यान्वयनमा लागिपरेको बताउनुभयो ।

नेकपा केन्द्रीय सदस्य एवं प्रदेशसभा सांसद धीरेन्द्र शर्मा (रमण) ले नेकपा नेतृत्वको सरकार जनताको जीवनस्तरमा व्यापक परिवर्तन ल्याउँदै समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा अघि बढेको बताउनुभयो । नेकपा इलाम जिल्ला कमिटी अध्यक्ष एवं प्रदेशसभा सांसद रामबहादुर मगरले कम्युनिष्ट पार्टी मात्रै जनताको पार्टी र सुख, दुःखको साथी भएको बताउनुभयो ।

यसैगरी जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले कृषि र पर्यटनलाई माध्यम बनाएर इलाम जिल्लाको समृद्धिको यात्रामा निरन्तर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । नेकपा माङ्सेबुङ गाउँ कमिटी अध्यक्ष हेमन्त राईको अध्यक्षता र नेम्वाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस, सङ्घीय समाजवादी, राप्रपा, जनमोर्चा, लिम्बुवान र जनमुक्ति पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group