सोलुखुम्बु, ३० कात्तिक । सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सांसद हेमकुमार राई (शुरवीर)लाई पितृशोक परेको छ । सांसद राईका पिता नरबहादुर राईको शुक्रबार साँझ ७६ वर्षको उमेरमा निधन भएको थियो ।
दम रोगबाट पीडित नरबहादुर केही दिनदेखि शिक्षण अस्पताल महारजगञ्जमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उहाँको निधन भएको परिवारिक स्रोतले जनाएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षण अस्पतालमै पुगेर उहाँको पार्थीव शरीरमा श्रदाञ्जलि अर्पण गर्दै पार्टीको झण्डा ओढाउनुभयो ।
श्रद्धाञ्जलि अर्पण गर्न पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी, काङ्ग्रेस नेता प्रकाशसिंह कार्की, थुलुङदूधकोशी गाउँपालिका अध्यक्ष एवं गाउँपालिका महासङ्घ प्रदेश नं १ का कोषाअध्यक्ष असिम राईलगायत नेताहरु अस्पताल पुग्नुभएको थियो ।
श्रद्धाञ्जलि पश्चात नरबहादुरको पार्थीव शरीर अन्तिम दाहसंस्कारको लागि आजै हेलिकोप्टरमार्फत गृहजिल्ला सोलुखुम्बु ल्याउने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्