बुटवल, १ मंसिर ।
नेपालमै पहिलो पटक आयोजना भएको लुम्बिनी न्यूज फेस्टिबल आजबाट रुपन्देहीको लुम्बिनीमा सुरु भएको छ ।
फेस्टिबलको आज एक कार्यक्रमका बिच प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले उदघाटन गर्नुभयो । फेस्टिबलको उदघाटन गर्दै मुख्यमन्त्री पोखरेलले राज्य बलियो भएमात्र नागरिकलाई बलियो बनाउन सकिने बताउनु भयो । उहांले जवसम्म राज्य समृद्ध हुन सक्दैन तव सम्म जनता कमजोर हुने बताउंदै राज्य बलियो बनाउन बिकास र समृद्दीलाई अगाडी बढाउनु पर्ने बताउनु भयो ।
मुख्यमन्त्री पोखरेलले पछिल्लो समयमा निरासा र नकारात्मक चेतना बढीरहेको बताउंदै सकारात्मक चेतना र सकारात्मक चिन्तन जगाउनु पर्ने बताउनु भयो । बद्धीज्मको प्रमुख आधार लुम्बिनी क्षेत्र नै भएको बताउंदै मुख्यमन्त्री पोखरेलले बुद्धले ज्ञान प्राप्त अगाडी जन्मेका ३ बुद्ध पनि लम्बिनी क्षेत्रमै जन्मेको जानकारी दिनुभयो । बिश्वका मानवहरुका लागि लुम्बिनी ज्ञानको भुमि भएको उहांको भनाई छ ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले नेपालमै पहिलोपटक समाचारको महोत्सव गरेर नेपाली पत्रकारीतामा संघियताको कार्यान्वयन सुरुभएको बताउनु भयो ।
लुम्बिनी प्रेस क्लबको आयोजनामा ३ दिन सम्म चल्ने फेस्टिवलमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्य, पुर्व अध्यक्षहरु किशोर नेपाल, शिव गांउले, बिष्णु निष्ठुरी, बरिष्ठ पत्रकार मोहन मैनाली, शुभास ढकाल, शुभशंकर कंडेल, नारायण वाग्ले, रघु मैनाली लगायतको बिषयगत प्रस्तुती रहने छ ।
प्रतिक्रिया दिनुहोस्