ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवाह गर्न भारतीयको सौराहा आउने क्रम बढ्यो


admin
२ मंसिर २०७६, सोमबार   २ : ३९   बजे

सौराहा, २ मंसिर  ।भारतबाट विवाह गर्न सौराहा आउनेको सङ्ख्या बढ्दै गएको छ । यो मौसममा दुलाहा दुलहीसहित सबै बन्दोबस्तीका सामान बोकेर भारतीयहरु विवाहका लागि आउने क्रम बढेको हो ।

सौराहाका कुनै एक होटल दुईदेखि तीन रातका लागि पूरै भाडामा लिएर विवाह गर्ने गर्दछन् । साना होटल भए एउटा होटमा दुलाहा र अर्को होटलमा दुलही बसेर बाजागाजाका साथ जन्ती गएर विवाह गर्ने क्रम बढेको छ । ठूला होटल ‘बुक’ गर्दा एउटै होटलमा दुलाहा दुलही राखेर दुलाहालाई बजार परिक्रमा गरी रमाइलो गर्ने गर्दछन् ।

होटल सेभेन स्टार र बेष्ट उडका सञ्चालक माधव दुवाडीका अनुसार नोभेम्बर महिनामा मात्र दुई होटलमा दुई÷दुईवटा विवाहको ‘बुकिङ’ रहेको छ । आज सेभेन स्टारमा भारतीय विवाह भएको भन्दै उहाँले दुई वा तीन दिन होटल बुक गरी विवाह गर्ने गरेको बताउनुभयो । एउटा विवाह गर्दा होटलको बगैँचा, सभाहल, कोठा र पानी प्रयोग गरेवापत रु पाँच लाख लिने गरेको दुवाडीको भनाइ छ । नअट्नेहरु बाहिर होटलमा बस्ने गर्दछन् । एउटा विवाहमा चार सय हाराहारी आउने गर्दछन् । खानादेखि बाजागाजासम्म सबैको तयारी समूह भारतबाटै आउने गर्दछन् । होटल वाइल्डलाइफ क्याम्पका सञ्चालक शङ्कर सैँजुको होटलमा गत वर्ष एउटा विवाह भएकामा यस वर्ष पनि अर्को विवाह भएको छ । यस वर्ष पट्नाबाट आएका एक जोडीले विवाह गरेको उहाँले जानकारी दिनुभयो ।

अन्य होटलहरुमा पनि विवाहका लागि बुकिङ भइरहेको छ । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका सँैजुले यसबाट अन्य पर्यटकहरुलाई असर नपरोस् भन्नका लागि सावधानी अपनाइएको बताउनुभयो । वन र वन्यजन्तुमा रमाउन पर्यटक आउने भएकाले विवाहका कारण असर नपरोस् भन्नका लागि आफूहरु सचेत रहेको सँैजुको भनाइ छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार गत वर्षभन्दा यो वर्ष विवाह गर्न आउनेको सङ्ख्या बढेको छ । गत वर्ष सात÷आठवटा जति विवाह भएको भए पनि यो वर्ष त्यति विवाह भइसकेका छन् । भारतीय सीमा क्षेत्रबाट बढी विवाह गर्न आउने गरेको पाइएको छ । सो क्षेत्रमा मदिरा सेवन गर्न नपाउने भएपछि यहाँ आउने क्रम बढेको हो । मासु र मदिरा सेवन गरेर रमाइलोका साथ विदेशमा गएर कम खर्चमा विवाह गर्न चाहनेहरुका लागि सौराहा उपयुक्त थलो बनेको उहाँले बताउनुभयो ।

यस वर्ष धमाधम होटलहरुमा विवाह र बुकिङ हुने क्रम जारी रहेको उहाँले जानकारी दिनुभयो । यसरी विवाह गर्न आउनेहरु सौराहामा हुने पर्यटकीय गतिविधिहरुमा सहभागी हुने गरेका छन् । यस क्षेत्रका पर्यटन व्यवसायीले गएका दुई वर्ष भारतीय सीमा क्षेत्रका शहरहरुमा पुगेर यहाँको पर्यटकीय महत्वका बारेमा प्रचारप्रसार गरेका थिए ।

पर्यटक घट्यो

विवाह गर्न भारतीय आउने क्रम बढे पनि नियमित रुपमा आउने पर्यटकको सङ्ख्या घटेपछि व्यवसायी निरास बनेका छन् । क्षेत्रीय होटल सङ्घका अध्यक्ष भट्टराईका अनुसार गत वर्ष यो समयमा सौराहाका होटलका कोठा ७० प्रतिशत हाराहारी बुकिङ हुने गरेको भए पनि यस वर्ष ४० प्रतिशत हाराहारी मात्र भरिएका छन् । दशैँ र तिहार पछि नोभेम्बर महिना पर्यटकहरु धेरै आउने गर्दथे ।

भट्टराईका अनुसार यसरी आएका पर्यटकहरुमध्ये आधाभन्दा बढी चिनियाँ रहेका छन् । के कारणले पर्यटक घटेको हो बुझ्न नसकेको उहाँको भनाइ छ । वन र वन्यजन्तुसँग सम्बन्धित सँगै अन्य पर्यटकीय गतिविधि बढाउनुपर्ने देखिएको भट्टराईले जानकारी दिनुभयो । डिसेम्बर महिनासँगै विदेशीहरु आफ्नै देशमा क्रिसमस र नयाँ वर्षका लागि रमाउने भएकाले यहाँ कम आउने गर्दछन् ।

सौराहामा ११० होटल रहेका छन् । यी होटलको क्षमता पाँच हजार ५०० भन्दा बढीे छ । चितवन राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ वन्यजन्तुको अवलोकन, डुङ्गा शयर, थारू संस्कृतिमा रमाउनका लागि यहाँ पर्यटक आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group