काठमाडौं, ३ मंसिर । कञ्नपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । अदालतको अवहेलनाको मुद्दामा जिल्ला अदालत कञ्चनपुरले सुनाएको फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त मुद्दाको विषयमा अदालतलाई प्रभावित पार्ने गरी समाचार लेखेको भन्दै उनीविरुद्ध नेपाल बार एशोसिएशन कञ्चनपुरले अवहेलना मुद्दा हालेको थियो । त्यसमा सुनुवाई गर्दै जिल्ला अदालतले ३० असारमा भण्डारीलाई एक घन्टा जेल र एक रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । उनलाई मंगलबार पक्राउ गरेर आजै जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले एक रुपैयाँ जरिवानासमेत तिरेका छन् ।
प्रतिक्रिया दिनुहोस्