काठमाडौं, ३ मंसिर । नेपाल आयाल निगमको ट्यांकर अपहरणमा परेको छ । अमलेखगंजबाट विराटनगरका लागि पेट्रोलिमय पदार्थ बोकेर गएको ट्यांकर लहानमा अपहरणमा परेको हो ।
अमलेखगंजबाट २० हजार लिटर डिजेल बोकेर गएको ट्यांकर सोमवार राती १२ बजेतिर लहानमा अपहरणमा परेको जानकारी प्राप्त भएको नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । कसले र किन गर्यो भन्ने सम्बन्धमा छानविन भइरहेको छ ।
सिरहाको लहानस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हुलाक कार्यालय अगाडि पार्किङ गरी विश्राम गरेको अवस्थामा मध्यरातमा अन्दाजी आठ जनाको समूहले चालक र सहचालकको आँखामा पट्टी लगाई बर्दिबास र लालबन्दीको बीचको जङ्गलमा छाडेका थिए । ट्यांकर अपहरणकारीले लाहानबाट सिन्धुली–बर्दिबास सडकखण्डको जंगलमा पुर्याएको ट्यांकर चालक रामदेव साहले लहान प्रहरीलाई बताएका छन् । ट्यांकरका चालक र सहचालकले नै अपहरणको जानकारी प्रहरीलाई गराएका थिए । चालक र सहचालक दुवै जना अहिले लहान प्रहरीको सम्पर्कमा छन् ।
प्रतिक्रिया दिनुहोस्