ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री बन्नेको नाम गोप्य, प्रधानमन्त्री आफैले घोषणा गर्ने, सात जना मन्त्री हटाउने सूचीमा


एबीसी न्यूज
४ मंसिर २०७६, बुधबार   ५ : १६   बजे


काठमाडौं, ४ मंसिर । मन्त्रिपरिषद पुनर्गठनको तयारी अन्तिम चरणमा रहे पनि मन्त्री बन्नेहरुको नाम भने गोप्य राखिएको छ ।

नेकपा सचिवालयको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद आजै पुनर्गठन हुन सक्ने बताउनु भएको छ । ‘प्रधानमन्त्रीले यसअघि नै संकेत गरेअनुसार नै तुरुन्तै मन्त्रिपरिषद पुनर्गठन हुन्छ’, सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘पुनर्गठनपछि हुने मन्त्रीको संख्या र नामावली भन्ने प्रधानमन्त्री आफैले घोषणा गर्नुहुन्छ ।’

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबीच नयाँ बन्ने मन्त्रीहरुको लिष्ट तयार भए पनि गोप्य राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहीवार मन्त्रिपरिषद बिस्तार गर्नुहुने एक स्रोतले बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालय बैठकले सरकारको सम्पुर्ण जिम्मेवारी प्रधानमन्त्री ओलीलाई र पार्टीको कार्यकारी जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई दिएलगत्तै बिहीवार मन्त्रिपरिषद पुनर्गठन हुने भएको हो ।

बैठकको निर्णयअनुसार प्रधानमन्त्री ओलीले हटाउने र मन्त्री बनाउने नयाँ अनुहारको सूची बनाउन थाल्नुभएको छ । स्रोतका अनुसार भोलि बिहान प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई हटाउने मन्त्री र नयाँ बन्ने मन्त्रीको सूचीबारे जानकारी दिनुहुनेछ । स्रोतका अनुसार पाँच बाट बढेर सात जना मन्त्री हटाउने सूचीमा परिसकेका छन ।यो संख्या ९ देखि १३ सम्म पुग्न सक्ने स्रोतका भनाई छ । हटने मन्त्रीको सूचीमा उद्योगमन्त्री यादव र कृषिमन्त्री खनाल रहेको घोषणा स्वयं उहाँहरुले नै गरिसक्नु भएको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठकमै मन्त्रिपरिषद पुनर्गठन गर्ने जानकारी दिएलगत्तै उद्योगमन्त्री यादव र कृषिमन्त्री खनालले आफूहरु मन्त्रीबाट बाहिरिने निश्चित भएको जानकारी दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group