ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद् : गाउँपालिकामा इलाका प्रशासन कार्यालय माग


admin
२० असार २०७४, मंगलबार   ३ : ०९   बजे

काठमाडौँ, २० असार । व्यवस्थापिका– संसद्को आजको बैठकमा विनियोजन, विधेयक, २०७४ अन्तर्गत छ मन्त्रालयको शीर्षकमाथि छलफलमा भाग लिँदै सांसद्हरुले प्रत्येक गाउँपालिकासम्म इलाका प्रशासन कार्यालय राख्न माग गर्नुभएको छ ।

उहाँहरुले नयाँ सहरका पूर्वाधार विकास गर्न, बेरुजु फस्र्योटमा जोड दिन, गृह प्रशासनलाई चुस्त बनाउन, शिक्षा नियमावली ल्याउन, श्रम ऐन संशोधन गर्न र विपद् ऐन ल्याउन सरकारलाई सुझाव दिनुभयो ।

सहरी विकास, गृह, श्रम तथा रोजगार, अर्थ, शिक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका शीर्षकमाथि समूहकृत रुपमा दलीय आधारमा छलफल भएको हो ।

छलफलमा भाग लिँदै नेपाली काँग्रेसका रामहरि खतिवडाले नागरिकता र अन्य प्रशासनिक कामका लागि त्यस्तो प्रशासन एकाइको आवश्यकता औँल्याउनुभयो । उहाँले प्रहरी प्रशासनमा बढुवाका लागि राजनीतिकरण अन्त्य हुनुपर्ने र एउटा सरकारले ल्याएको कार्यक्रम अर्को सरकारले लागू गर्ने अभ्यास बसाल्न आग्रह गर्नुभयो ।

नेकपा ९माओवादी केन्द्र० का रामनारायण बिंडारीले सबैभन्दा बढी बजेट भविष्यका बालबालिकाका लागि चाहिएको बताउनुभयो । उहाँले सुरक्षा निकायका लागि आधुनिक र जनमुखी बजेट राख्न माग गर्नुभयो । सोही दलका हरिलाल ज्ञवालीले अर्थ मन्त्रालयले आवश्यकताले भन्दा पहुँचका आधारमा बजेट विनियोजन गर्ने प्रवृत्ति अन्त्य गर्न, स्मार्ट सिटी स्थापनासम्बन्धी नयाँ नीति ल्याउन, विपद् व्यवस्थापन पूर्वतयारीमा गृह मन्त्रालयले ध्यान दिन, कारागार व्यवस्थापन गर्न सुझाव दिनुभयो ।

 

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले ख्वप विश्वविद्यालयसम्बन्धी विधेयक ल्याउन सरकारसित माग गर्दै सरकारी बेरुजु बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

नेकपा ९एमाले०की रञ्जुकुमारी झाले सात प्रदेशमा एक एक विश्वविद्यालय स्थापना गर्न तथा शिक्षा मन्त्रालयलाई ‘स्कुले मन्त्रालय’बाट रुपान्तरण गर्न सरकारसित आग्रह गर्नुभयो । सोही दलका डा गणेशमान गुरुङले नयाँ पुस्तालाई राजनीतिक विषयका साथै नैतिक शिक्षा दिन आग्रह गर्नुभयो । व्यवस्थापिका– संसद्को अर्को बैठक बुधबार असार २१ गते बिहान ११ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

दुई करोड ५० लाख खर्चिएको विद्युतीय शवदाह गृह सञ्चालनमै अन्योल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नाटाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

दुई करोड ५० लाख खर्चिएको विद्युतीय शवदाह गृह सञ्चालनमै अन्योल

सुस्तामा नारायणी नदीको कटान र डुबान

एआईले ट्राफिक व्यवस्थापनदेखि सवारी सुरक्षासम्म परिवर्तन ल्याउन सक्छ : सूर्यांश वैद्य

China Condemns Japanese Shrine Visits, Accusations of Revising Wartime History

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu