ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्तमान सरकार श्रमिकमैत्री छ – प्रधानमन्त्रीओली


एबीसी न्यूज
४ मंसिर २०७६, बुधबार   ९ : ५५   बजे


काठमाडौं, ४  मंसिर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार श्रमिकमैत्री भएको बताउनुभएको छ । श्रमिकको अन्तरराष्ट्रिय संस्था ‘यु एण्ड आई’ को एशिया–प्रशान्त क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उहाँले सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा तय गरेर श्रमिकमैत्री वातावरण बनाएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक परिर्वतन धेरै चरणमा भएको उल्लेख गर्दै अब आर्थिक विकासमा सरकार केन्द्रित रही सम्पूर्ण नेपालीको जीवनस्तर उकास्ने बताउनुभयो । उहाँले श्रम र श्रमिकका विषयमा सरकारले नीतिगत र कार्यक्रममै व्यवस्था गरेर अघि बढेको र नेपालमा रोजगारी गरेर बसेका विदेशीलाई पनि राम्रो वातावरण दिएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानमै श्रमको हकलाई मौलिक हकमा राखी श्रम र श्रमिकलाई सुरक्षा र हकअधिकारलाई उचित व्यवस्था गरेको स्पष्ट पार्नुभयो । उहाँले विदेशमा काम गर्ने नेपाली श्रमिकले विप्रेषणका साथै सीप र प्रविधि पनि भित्र्याउन आग्रह गर्नुभयो । एशिया प्रशान्त क्षेत्रका उपमहासचिव राजेन्द्रकुमार आचार्यले श्रमिकको साझा समस्याका बारेमा छलफल गरी समाधान खोज्ने उद्देश्यले सम्मेलनको आयोजना गरेको जानकारी दिनुभयो । तीन दिनसम्म चल्ने सम्मेलनमा २० देशका करीब ६०० प्रतिनिधि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group