काठमाडौं, ५ मंसिर । नवनियुक्त मन्त्रीको स्वागत गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरु लामबद्ध भएर उभिएका छन् । उनीहरु फूलमाला, फूलका गुच्छा र खादासहित मन्त्रीको स्वागत गर्न कर्मचारीहरु तयारी अवस्थामा लाइनमा उभिएका छन् ।
पुनर्गठित मन्त्रिपरिषदमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी हृदयश त्रिपाठीले पाएका छन् । त्रिपाठीको स्वागतमा कर्मचारीहरु लामबद्ध भएका हुन् । त्रिपाठीसहितका नवनियुक्त मन्त्रीहरुले शितलनिवासमा पद तथा गोपनियताको शपथग्रहण गरिसकेका छन् । शपथग्रहणलगत्तै मन्त्रालयमा आएर उनीहरुले कार्यभार सम्हाल्दैछन् । अन्य मन्त्रालयहरुको अवस्था पनि यस्तै छ । नयाँ मन्त्री आउँदा यसरी कर्मचारीहरु स्वागतमा उभिने चलन भने पुरानै हो ।
प्रतिक्रिया दिनुहोस्