ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलमैदानमा आगलागी : सेनाद्वारा नियन्त्रण र घाइतेको उद्धार


admin
५ मंसिर २०७६, बिहिबार   २ : २२   बजे

सप्तरी,५ मंसिर । सप्तरीको राजविराज–६ स्थित रङ्गशालामा अचानक आगलागी भएको छ । एक–एक गरेर लहरै भएका घरहरु जल्न थाले । अत्तालिएका मानिसहरु भागाभाग गर्न थाले । आगो निभाउने क्रममा चारजना स्थानीयवासी घाइते भए ।

त्यसैमध्ये एक जनाले वारुणयन्त्र र सुरक्षाकर्मीलाई फोन गरेर जानकारी गरायो । आगो निभाउन राजविराज नगरपालिकाको वारुणयन्त्र र घाइतेहरुको उद्घारका लागि तत्कालै राजविराजस्थित भीम दल गण विपद् युनिटका सेनाहरु आइपुगे ।

घटनास्थल पुगेका सेनाको चिकित्सक टोलीले प्रारम्भिक उपचार गर्दै घाइतेहरुलाई धमाधम एम्बुलेन्समा राख्न थाल्यो । थप उपचारका लागि एम्बुलेन्स राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल हिँड्यो । यो वास्तविक घटना नभई विपद्को समयको साङ्केतिक अभ्यास थियो । रङ्गशाला मैदानमा विभिन्न समूहले विपद्को पूर्वतयारी र विपद्का समयमा गरिनुपर्ने उद्धार र राहतको साङ्केतिक अभ्यास गरिएको हो ।

राजविराज नगरपालिकाको समन्वयमा नेपाली सेनाले विगत चार दिनदेखि सञ्चालन गरेको सामुदायिक विपद् प्रतिकार्य तालीमको अन्तिम दिन बुधबार खेलमैदानमा तालीमप्राप्त उद्घारकर्ताले विपद्मा गरिने उद्घार कला प्रदर्शन गरेका हुन् ।

प्राकृतिक विपद्को सामना पूर्व गर्नुपर्ने तयारी तथा विपद्का कारण हुने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले नेपाली सेनाको भीम दल गणले साङ्केतिक अभ्यास गरेको गणपति गुप्तबहादुर कुँवरले बताउनुभयो । कुँवरका अनुसार आगलागीका बेला राहत, उद्घार कार्य कसरी गर्ने भन्ने ज्ञान बढाउन उद्घार कला प्रदर्शन गरिएको हो । विपद् व्यवस्थापनसम्बन्धी यस्तो अभ्यास नेपाली सेनाले सन् २०११ बाट गर्दै आएको हो ।

अभ्यासमा आगो नियन्त्रण, घाइतेको उद्धार, उपचार र स्याहार, पीडितलाई खानपिनको व्यवस्था गर्न सिकाइएको थियो । उद्धार गरिएका व्यक्तिका लागि शौचालय, महिलाका लागि कपडा फेर्ने स्थल, स्तनपान गराउने अलग्गै ठाउँको पनि व्यवस्था हुनुपर्ने बताइएको छ ।

ठूलो सङ्ख्यामा उपस्थित विभिन्न विद्यालयका विद्यार्थीहरुले साङ्केतिक अभ्यास निरीक्षण गर्नाका साथै राहत उद्धारमा प्रयोग हुने विभिन्न सामग्री अवलोकन गरी जानकारी लिएका थिए । सप्तरीमा गत आर्थिक वर्ष २०७५÷७६ मा भएको ६७ वटा आगलागीको घटनामा करिब साढे एक करोड रुपैयाँ बराबरको क्षति भएको राजविराज नगरपालिका वारुणयन्त्र विभागको तथ्याङ्कले देखाएको छ ।

बढी आगलागी हुने सप्तरी जिल्लामा आगलागीबाट जोगिने तथा आगलागी भइहाले तत्काल नियन्त्रण लिनका लागि गर्नुपर्ने कामबारे विपद् व्यवस्थापनसम्बन्धी यस्ता अभ्यास र सचेतना कार्यक्रमले धेरै हदसम्म सहयोग पु¥याउने नेपाली सेनाले विश्वास लिएको छ । आगलागीका लागि जोखिमयुक्त जिल्लामा उद्घार र कला प्रदर्शनले मानवीय र भौतिक क्षति न्यूनीकरणका साथै उद्घार गर्न सहज हुने नेपाल रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्द्र भगतले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group