काठमाडौं, ५ मंसिर । नवनियुक्त स्वास्थ्य मन्त्री भानुभक्त ढकालले डाक्टरहरु काम गर्ने भएकाले स्वास्थ्य क्षेत्रमा निष्ठा र इमान डगमगिन नदिने बताउनु भएकोछ । कानुनबाट स्वास्थ्य मन्त्रालयमा सरुवा भएर पदभार ग्रहण गर्ने क्रममा, ‘काम गर्दै जनताको मन जित्छु, कामले नै विश्वास लिन्छु, यो ठाउँ निष्ठाको थलो हो मन्त्री ढकालले भन्नुभयो। स्वास्थ्यमा काम गर्ने डाक्टरहरु नै निष्ठाका प्रतीक हुन्।’
‘निष्ठा र इमानलाई बन्धक बनाएर काम गर्दिनँ। मन्त्रालयलाई अनिर्णयको बन्दी बनाउँदिन’, उहाले भन्नुभयो । यसमा अफ्ठेरो नमानी काम गरौँ, सुखी नेपाली समृद्ध नेपाल नारालाई सफल बनाउनुपर्छ।’ उहाँले मन्त्रालयमा भएका समस्या छलफल गरेर नै समाधान गर्ने पनि प्रतिवद्धता जनाउनुभयो । विज्ञापन र चर्चाबाट मुक्त छु म’, उहाँले भन्नुभयो ‘विगतमा पनि राम्रै थियो होला, नराम्रो होला भन्दिनँ। अब मिलेर काम गर्नुपर्छ।’
प्रतिक्रिया दिनुहोस्