ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अहिले रिक्सा चढ्ने यात्रीको आदेश मान्छु – चौधरी


admin
५ मंसिर २०७६, बिहिबार   ४ : ०७   बजे

कुनै बेला उहाँको निर्देशन जनताका लागि आदेश हुन्थ्यो । बोली अकाट्य हुन्थ्यो । मुखबाट निस्केको हरेक शब्द फैसला सरह लागू हुन्थ्यो । कारण थियो, एकातिर मृत्यु, अर्कोतिर अमिन चौधरीको फैसला । मृत्युभन्दा उहाँको आदेश नै उचित लाग्थ्यो जनतालाई ।

मुसुक्क हाँस्दै उहाँले भन्नुभयो – “मैले कसैको हत्या गरिनँ ।” विसं २०५२ मै माओवादीमा प्रवेश गरेका राप्तीसोनारी गाउँपालिका–५ का ३९ वर्षीय देवीप्रसाद चौधरी ९अमिन० सत्ताबाट सडकतिर ओरालो लागेको एक दशकपछि नेपालगञ्जमा रिक्सा चलाउन थाल्नुभएको छ । “आफ्नै पार्टीका नेताले दुःख दिए, सिद्धान्त विनाको राजनीति हाबी भयो,” उहाँले खुलेरै भन्नुभयो – “अहिले म वैद्य माओवादीतिर छु । देशमा माओवादी सिद्धान्त मान्ने वैद्य मात्र बाँकी छन् । बाँकी सबै त पूँजीवादी भैसके ।”

विसं २०५९ सालमा बाँके फत्तेपुरदेखि कटकुईंयासम्म साविकका सात वटा गाविसको इञ्चार्जको रुपमा जिम्मेवारी सम्हालेका अमिनले त्यसअघि साविककै बाँकेको हिरमिनिया, बेतहनी लगायत क्षेत्रमा जनमुक्ति सेनाको इञ्चार्जको जिम्मेवारीमा रहेर समेत काम गरिसक्नुभएको थियो । विसं २०६० तिर पार्टीले अमिनलाई न्याय विभागको जिल्ला सदस्यमा चुन्यो । उहाँ मटेहिया गाउँ ‘जनसरकार’को न्यायाधीश नियुक्त हुनुभयो ।

“दिनभरि स्थानीय क्षेत्रमा जनताको समस्या सुन्ने र हिँड्दै गर्दा फैसला सुनाउने काम हुन्थ्यो,” अमिनले भन्नुभयो – “मैले दिएको फैसला कुनै कुनै स्थानमा अहिले पनि यथावत् छ ।” जग्गा मिच्नेदेखि श्रीमती पिट्नेसम्मको विवाद आउँथ्यो उहाँको अदालतमा । न पेशी न तारेख न कुनै शुल्क न वकिल । एक्लैले सबै काम भ्याउनुहुन्थ्यो । उहाँ केही छिनमै मुद्दा टुङ्गो लगाएर फैसला सुनाउनुहुन्थ्यो ।

“सन्तुष्ट भएको पक्षले सन्तुष्टि पोख्दैन्थ्यो, असन्तुष्ट पक्षले बोल्ने कुरै भएन,” ती दिन सम्झँदै अमिनले भन्नुभयोे – “कतिपय बेला त घरमै गएर फैसला सुनाउनु पथ्र्यो । सडकबाटै पनि फैसला गरेका धेरै केशहरु छन् । त्यति बेला म सबथोक थिएँ । मैले जे भन्थें त्यही हुन्थ्यो ।” राप्तीपारि क्षेत्रबाट द्वन्द्वकालमा थाना, प्रहरी सबै विस्थापित भएपछि कथित ‘न्यायाधीश’ अमिन नै सुरक्षाका मुख्य हर्ताकर्ता पनि हुनुहुन्थ्यो ।

“दिउँसो अदालत राति सुरक्षा, यही जिम्मेवारी थियो,” अहिले खुल्ला दिसामुक्त अभियान कार्यान्वयन हुन नसकेको अवस्थालाई सम्झँदै उहाँले भन्नुभयो – “मैले त्यतिबेलै धेरैको घरमा शौचालय निर्माण गराएको थिएँ ।” तत्कालीन सात वटा गाविस क्षेत्रमा कसैले कसैलाई अन्याय गर्ने साहस गर्दैन्थ्यो । अमिन त्यो त्रासको नाम थियो जसको ‘अदालत’मा आउनुभन्दा अघि एकहजार पटक मानिसहरु बाहिरै मेलमिलाप गर्न खोज्थे । उहाँ हिँड्ने बाटोमा सिधै कोही पनि पर्न चाहँदैन्थ्यो । कडा शासन, प्रष्ट आवाज र बन्दुकको त्रास सबैको मन मस्तिष्कमा उहाँले गाड्नुभएको थियो ।

मटेहियाका बासिन्दा ओमकार मौर्य भन्नुहुन्छ – “शासन त अमिनको झैं चाहिन्छ । उनको फैसलाले अधिकाँश व्यक्तिहरु सन्तुुष्ट हुन्थे । सन्तुष्टि बाहेक अर्को विकल्प पनि थिएन ।” जुन गाउँमा मानिसहरु उपभोक्ता समितिमा बसेर पनि काम गर्न चाहँदैनन्, त्यहाँ उहाँले श्रमदानबाट बाटोहरु निर्माण गराउने काम गर्नुभयो । तत्कालीन मटेहिया गाविसको वडा नं ५ को विद्यालय जाने बाटो निर्माण गराएका अमिन भन्नुहुन्छ – “त्यहाँको बाटो अहिले पनि राम्रै छ । परिवर्तनका लागि शासन त कडा नै चाहिन्छ । अहिले सबै व्यवस्था गाउँमै छ तर पनि, जनता काम गर्न चाहन्नन् । मेरो जमानामा विना रकम विकासका कामहरु भएका थिए ।”

सरसफाइ अमिनको प्राथमिकताको विषय थियो । अमिनको कथित ‘जनअदालत’मा उजूरी आउनु नै विपक्षीका लागि दुःखद् विषय हुन्थ्यो । जो विरुद्ध उजूरी आउँथ्यो त्यो बाहेकको कुनै व्यक्तिलाई अदालत आउने अनुमति थिएन । तत्कालीन मटेहिया गाविस सञ्चालन भएको भवन त्यति बेला उहाँको जनअदालत थियो । “बीचमा पार्टी फुट्यो र म वैद्यतिर लागें,” नेपालगञ्जमा रिक्सा चलाउँदै गर्दा भेटिएका अमिनले भन्नुभयो – “वैद्यतिर म बाँके जिल्लाबाट एक्लो केन्द्रीय सदस्य हुँ ।” द्वन्द्व कालमा कुसुम र फत्तेपुरको दोहोरो झडपमा पर्नुभएको थियो अमिन ।

“बाँकेका थुप्रै नेताहरुले मेरो नामबाट पैसा कमाए,” अमिनले भन्नुभयो – ‘राप्तीवारि नरेश खटिक र राप्तीपारि म आफै पार्टीको मुख्य कार्यकर्ताको रुपमा तैनाथ थियौं । मैले चन्दा त्यति धेरै असुल गर्न सकिनँ । कसैले मायाबाट दिएको रकम फिर्ता पनि गर्दैन्थें ।” पार्टी शान्ति प्रक्रियामा गएपछि २०६२ सालमा अमिन आफ्नै गाविस विनौना फर्किनुभयो । कार्यथलो अन्तै रहेका उहाँलाई आफ्नै गाउँमा जनताको सहानुभूति प्राप्त भएन । आर्थिक रुपले पछि परेका अमिनका लागि ‘न्यायाधीश’ पदले परिवारको जीविकोपार्जनमा सहयोग गरेन ।

उहाँ परिवारसहित नेपालगञ्जमा बसाइ सर्नुभयो । घरभाडामा लिएर बस्दै आएका अमिनले अटोरिक्सा चलाउँदै आउनुभएको छ । “काम कुनै सानो ठूलो हुँदैन,” अमिन भन्नुहुन्छ – “कुनै बेला मैले आदेश दिन्थें, अहिले रिक्सामा बस्ने यात्रीहरु मलाई आदेश दिन्छन् ।” चार छोरा र दुई छोरीलाई राजनीति गरेर पाल्न नसकिने निचोडमा पुगेका अमिन केही पूँजी ब्यवस्था गरेर पुरानो बस किन्ने योजनामा हुनुहुन्छ ।

गाउँमा प्रहरी प्रशासनको काम चित्त नबुझे अहिले पनि अमिनको शासनबारे चर्चा गर्नेहरु थुप्रै छन् । मटेहियाका बासिन्दा झगरु पासी भन्नुहुन्छ – “अमिनको शासन एक दशक राप्तीपारिमा कायम रहन सकेको भए विकास धेरै अघि बढ्थ्यो । मानिसहरु सरसफाइ र गाउँ सुरक्षाको विषयमा चनाखो भएका थिए, त्यो अमिनकै देन थियो ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group