ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरसफाइ अभियानले प्रदेशकै नयाँ पहिचान दिएको छ– मन्त्री लम्साल


admin
६ मंसिर २०७६, शुक्रबार   १२ : ३९   बजे

तनहुँ, ६ मंसिर । गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले पृथ्वीराजमार्ग क्षेत्रमा गरिएको सरसफाइ अभियानले गण्डकी प्रदेशकै नयाँ पहिचान दिएकोे बताउनुभएको छ ।

भम्रण वर्ष २०२० को अवसरमा तनहुँको ब्यास नगरपालिकाद्वारा आयोजित बृहत् राजमार्ग सरसफाइ अभियानको आज दमौलीमा उद्घाटन गर्दै उहाँले सरसफाइले सभ्य नागरिकको पहिचान दिने हुँदा यसतर्फ सबै लाग्नुपर्ने बताउनुभयो ।मन्त्री लम्सालले भन्नुभयो, “आन्तरिक एवं बाह्य पर्यटक भ्रमणका लागि आउँदा कसैले नाक खुम्चाउन नपर्ने गरी प्रदेशमै नमूना सरसफाइ गरेर देखाउन सक्नुपर्दछ । ”

गण्डकी प्रदेशको राजधानीको प्रवेशद्वार तनहुँलाई सरसफाइमैत्री बनाउनुपर्ने आवश्यकतामाथि जोड दिदैं उहाँले सार्वजनिकस्थलमा कसैले फोहर फ्याँकेमा कारवाही गरिने बताउनुभयो । “यसका लागि प्रदेश सरकारले विधेयक र कार्यक्रम ल्याउन लागेको छ”, उहाँले भन्नुभयो ।मन्त्री लम्सालले यस अभियानमा नागरिक समाज, टोल विकास संस्था, आमा समूह, बुद्धिजीवी, राजनीतिक दल, कर्मचारी, विद्यार्थी लगायतका सबै क्षेत्रको सक्रिय सहभागिता हुनुपर्ने बताउनुभयो ।

ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सरसफाइ अभियानलाई निरन्तरता दिँदै जाने योजना नगरपालिकाको रहेको जानकारी दिनुभयो ।उक्त अभियानअन्तर्गत जिल्लाको पूर्वमा मुग्लिनदेखि पश्चिममा कोत्रेसम्मको ७२ किलोमिटर राजमार्गमा एकैसाथ सरसफाइ गरिएको हो । सरसफाइ अभियानअन्तर्गत पृथ्वीराजमार्गमा पर्ने तीन गाउँपालिका र दुई नगरपालिका रहेका छन् । जसमा आँबुखैरेनी, बन्दिपुर गाउँपालिका, ब्यास नगरपालिका, म्याग्दे गाउँपालिका र पश्चिममा शुक्लागण्डकी नगरपालिका क्षेत्रमा सरसफाइ अभियान थालिएको हो ।

जिल्लाको आँबुखैरेनी गाउँपालिकामा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, ब्यास नगरपालिका—१२ मा जिल्ला समन्वय समितिका अध्यक्ष शान्तिरमण वाग्ले, प्रदेशसभा सदस्य दोबाटे विश्वकर्मा, ब्यास नगरपालिका—१ मा प्रदेशसभा सदस्य सरिता गुरुङ, ब्यासनगरपालिका–२, ३ र ४ मा पर्यटनमन्त्री विकास लम्साल, ब्यास नगरपालिका—५ चापघाटमा प्रतिनिधिसभा सदस्य कलिला खानले सरसफाइ कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group