ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व शान्ति सूची २०१९ मा नेपाल ७६ औं स्थानमा दक्षिण एशियाली राष्ट्र भुटान पन्ध्रौंमा


एबीसी न्यूज
६ मंसिर २०७६, शुक्रबार   २ : ००   बजे

काठमाडौं, ६ मंसिर । विश्व शान्तिको सूचीमा नेपालले प्रगति गरेको छ । विश्व शान्ति सूची २०१९ मा नेपाल ७६ औं स्थानमा परेको हो ।

इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस’ आईईपीले विश्व शान्तिको २०१९ को वार्षिक रिपोर्ट सार्वजनिक गरेको छ । आईईपी एक स्वतन्त्र, गैर पक्षपातपूर्ण, गैर–लाभकारी अनुसन्धान संस्था हो जुन विश्वमा शान्ति, सकारात्मकताप्रति सबै राष्ट्रलाई केन्द्रित गराउन समर्पित रहेको छ ।

आईईपीको यो १३ औँ ग्लोबल पीस इन्डेक्स रिपोर्ट हो जसमा यसले १६३ स्वतन्त्र राष्ट्रहरुमा जारी घरेलु र अन्तर्राष्ट्रिय लडाईँ, समाजिक सुरक्षाको अवस्था, आतङ्कवाद् , सैनिकीकरणको स्तरलगायत २३ संकेतकहरुको आधारमा मूल्याङ्कन गरि सूचित गर्ने गरेको छ । यस्तोमा पाँच वर्षपछि पहिलोपटक विश्व शान्तिको स्तरमा सुधार आएको रिपोर्टले देखाएको छ । २०१९ को रिपोर्टअनुसार ८६ देशहरुमा सुधार आएको छ भने ७६ राष्ट्रहरुको शान्ति अवस्था खस्कँदै गएको पाइएको हो ।

ग्लोबल पिस इन्डेक्सले १६३ स्वतन्त्र राज्य र क्षेत्रको शान्तिस्तर मापन गरेको थियो । सामाजिक सुरक्षाको स्तर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय द्वन्द्व, सैन्यकरणलगायत २३ विषय समेटेर सूची तयार पारिएको हो ।

विश्वकै सबैभन्दा शान्त राष्ट्रमा आइसल्याण्ड परेको छ भने अफगानिस्तान अन्तिम स्थानमा परेको छ । यसैगरी न्युजिल्यान्ड, पोर्चुगल, अष्ट्रिया, डेनमार्क, क्यानडा, सिङ्गापुर, स्लोभेनिया, जापान र चेज रिपब्लिक क्रमशः शीर्ष १० स्थानमा छन् ।

दक्षिण एशियामा भुटान सबभन्दा माथि अर्थात् १५ औं स्थानमा रहँदा श्रीलंका ७२ औं, बङ्लादेश १०१ औं, भारत १४१ औं र पाकिस्तान १५३ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट दुई शव निकालिए, ८९७ जना अझै सम्पर्कविहीन

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७८८ पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu