ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऊर्जामा ढुक्क भएर लगानी गर्नुस् – अर्थमन्त्री खतिवडा


एबीसी न्यूज
७ मंसिर २०७६, शनिबार   ८ : ००   बजे


काठमाडौं, ७ मंसिर । अर्थमन्त्री डा युवराज खतिवडाले ढुक्क भएर नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तरराष्ट्रिय लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

पावर समिट, २०१९ को ‘नेपालको ऊर्जा क्षेत्रमा लगानी र क्षेत्रीय विकास’ विषयक सत्रलाई शुक्रवार सम्बोधन गर्दै उहाँले विदेशी बैंक तथा अन्तरराष्ट्रिय वित्त साझेदारलाई ऊर्जामा लगानीका लागि आग्रह गर्नुभएको हो । नेपालमा इन्धनमार्फत उत्पादन हुने ऊर्जाको खपत धेरैमात्रामा रहेकाले यसलाई केही वर्षभित्रै १५ प्रतिशतले कम गर्ने उहाँको भनाइ थियो ।

संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यअनुसार नै नेपालमा विकासका काम कारवाही अगाडि बढिरहेकाले नवीकरणीय ऊर्जामा लगानी गरेर प्रतिफल लान कुनै समस्या नभएको उनको भनाइ थियो । “म विदेशी लगानीकर्तालाई नेपालको समग्र ऊर्जामा लगानी गर्न आह्वान गर्दछु । लगानीको प्रतिफल फिर्ता लैजान नेपालले सहज वातावरण सिर्जना गरेको छ । कुनै समस्या छैन ।”

सरकारले विद्युतीय सवारीलाई प्रवद्र्धन गरिरहेको जानकारी दिँदै उहाँले आगामी पाँच वर्षमा प्रतिव्यक्ति विद्युत् खपतको दरलाई बढाएर एक हजार ५०० युनिट बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो । नेपालका बैंकले उत्पादनमूलक क्षेत्रमा गरेको लगानीले गति लिँदै गरेकाले पनि निजी बैंक तथा वित्तीय संस्थालाई अहिलेकै गतिमा लगानी विस्तार गर्न आग्रह गर्नुभयो । “नेपालको जलविद्युत् तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न विशेष व्यवस्था गर्न लागिएको छ । यसका लागि सरकारले स्वदेश तथा विदेशमा सोहीअनुसार लगानी जुुटाइनेछ”, अर्थमन्त्री डा खतिवडाले भन्नुभयो ।

एशियाली पूर्वाधार विकास बैंकका महानिर्देशक यी यिन पाङले नवीकरणीय ऊर्जामा लगानी विस्तार गर्ने योजनामा रहेको बताउनुभयो । उहाँले नेपालको जलविद्युत् क्षेत्रका तीन वटा आयोजनामा लगानी गरिरहेको र निकट भविष्यमै ठूला आयोजनमा लगानीका लागि तम्तयार रहेको जानकारी दिनुभयो ।

नवील बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नेपालका बैंकले जलविद्युत्मा लगानी विस्तार गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा लगानीकर्ता कुुशकुुमार जोशीले नेपालमा जलविद्युुत्का आयोजना समयमा नै नसकिने समस्या रहेको गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group