ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावी मैदानमा युवादेखि वृद्धसम्म


admin
२३ कार्तिक २०७४, बिहिबार   ३ : १७   बजे

विराटनगर, २३ कात्तिक । मोरङमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ७० वर्ष नाघेका ६ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् ।

जिल्लाको ६ संसदीय क्षेत्र र १२ वटा प्रदेश क्षेत्रमा गरी १६९ उम्मेदवार चुनावी मैदानमा छन् । सत्तरी वर्ष नाघेका ६ जनामध्ये तीनजना प्रतिनिधि सभामा र तीनजना प्रदेश सभामा उम्मेदवार रहनुभएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि ६ वटै संसदीय क्षेत्रबाट तीन महिला गरी ६१ जना प्रतिस्पर्धामा छन् । सोमध्ये सबैभन्दा जेठा उम्मेदवार ७९ वर्षीय भीमबहादुर तामाङ हुनुहुन्छ । तामाङ मोरङ क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार बन्नुभएको छ ।
सबैभन्दा कान्छा उम्मेदवार २७ वर्षीय दिवाकर माझी प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं ३ बाट मैदानमा हुनुहुन्छ । यस्तै ७४ वर्षीय बद्रीप्रसाद मण्डल मोरङ क्षेत्र नं ५ बाट प्रतिनिधिसभाका लागि राष्ट्रिय जनता पार्टीबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यसैगरी, मोरङ क्षेत्र नं २ बाट संघीय लोकतान्त्रिक मोर्चाका तर्फबाट ७१ वर्षीय थीरबहादुर लिम्बू उठ्नुभएको छ । प्रतिनिधिसभा सदस्यका लागि मोरङको ६ वटै क्षेत्रमा ६० वर्षदेखि ६९ वर्षको उमेरका आठजना उम्मेदवार हुनुहुन्छ । क्षेत्र नं ६ बाट काँग्रेसको ६७ वर्षीय डा शेखर कोइराला, ६७ वर्षीय नेमकिपाका सुरेन्द्रप्रसाद सापकोटा र संघीय समाजवादी फोरमका ६६ वर्षीय राजेश्वर विश्वास चुनावी मैदानमा हुनुहुन्छ ।

त्यस्तै, ५० वर्षदेखि ५९ वर्षका १०, ४० वर्षदेखि ४९ वर्षका ११, ३० वर्षदेखि ३९ वर्षसम्मका १४ तथा सोभन्दा कम उमेरका २७ वर्षीय दिवाकर माझी उम्मेदवार हुनुहुन्छ । महिला उम्मेदवारमा सबैभन्दा बढी उमेरकी क्षेत्र नं ६ मा नयाँ शक्ति पार्टीबाट ५३ वर्षीया बिमला अर्याल र कम उमेरकी क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवार ३६ वर्षीया कल्पना बिमली पनि प्रतिनिधिसभा सदस्यका लागि उठ्नुभएको छ ।

मोरङको प्रदेशसभाको १२ वटै निर्वाचन क्षेत्रमा १०८ जना उम्मेदवार चुनावी मैदानमा छन् । सोमध्ये ७० वर्षका तीनजना हुनुहुन्छ । क्षेत्र नं ६ (ख)बाट एकीकृत राप्रपा (राष्ट्रवादी)बाट ७४ वर्षीय मोहम्मद जावेद अन्सारी, क्षेत्र नं १ (क)बाट नयाँ शक्ति पार्टीका ७० वर्षीय कृष्ण राई र क्षेत्र नं ५ (ख)बाट नेकपा (माले)बाट ७० वर्षीय कृष्णराज थापा चुनावी प्रतिस्पर्धामा उत्रनु भएको छ ।

प्रदेश सभामा सवैभन्दा कान्छा उम्मेदवारका रुपमा विवेकशील साझा पार्टीका २६ वर्षीय सरोज नेपाल हुनुहुन्छ । साठी वर्षदेखि ६९ वर्षसम्मका १३, ५० वर्षदेखि ५९ वर्षसम्मका २४, ४० वर्षदेखि ४९ वर्षसम्मका ३७, ३० वर्षदेखि ३९ वर्षसम्म्का २४ तथा सोभन्दा कम उमेरका सातजना उम्मेदवार रहेका छन् ।

प्रदेशसभामा आठजना महिला चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । सोमध्ये सबैभन्दा बढी उमेरका क्षेत्र नं २ (ख)बाट एकीकृत राप्रपा (राष्ट्रवादी)की ५२ वर्षीया गोमा कार्की र कम उमेरकी क्षेत्र नं ३ (क)बाट ३५ वर्षीया गीता तिम्सिना हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu