ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंको तारलाई अन्डरग्राउण्डका लागि सर्वे सकियो, ड्रिलिङको लागि तयारी सुरु (भिडियोसहित)


एबीसी न्यूज
९ मंसिर २०७६, सोमबार   ११ : ५४   बजे


काठमाडौं, ९ मंसिर । काठमाडौको सुन्दरता बचाउन र विद्युत वितरणलाई व्यवस्थित गर्दै जोखिम अन्डर ग्राउण्ड अर्थात जमिनमूनिबाट विद्युतको वितरण प्रक्रियाको लागि सर्बेक्षण सकिएको छ । अवको २ वर्षमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रको तारलाई अन्डर ग्राउण्ड गर्ने गरी काम सुरु भएको छ ।

काठमाडौमा अव्यवस्थित तारले शहरलाई कुरुप बनाएको छ । बिजुली, टेलिफोन, इन्टरनेट, केवल लगायतका अनेकौं तार र गुजुल्टोले शहरको सुन्दरता मात्रै बिगारेको छैन, सर्वसाधारणको सुरक्षालाई पनि जोखिममा पारेको छ । शहरी सौन्दर्यतालाई सफा राख्न र बिजुलीको तारबाट हुनसक्ने असुरक्षित अवस्थालाई सम्बोधन गर्न नेपाल बिद्युत प्राधिकरणले ड्रिलिङ गरेर तारको अन्डर ग्राउण्डिङ गर्ने काम सुरु गरेको छ । प्राधिकरणले काठमाडौंको तारलाई अन्डर ग्राउण्ड गर्नका लागि भर्खरै सर्बेक्षण सकाएको छ । महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गततको विद्युतको अन्डर ग्राउण्ड गर्नका लागि सर्बेक्षण सकिएपछि ड्रिलिङको काम सुरु गर्ने तयारी थालिएको छ । अन्डग्राउण्डका लागि सबै सर्बेक्षण प्रक्रिया पूरा भइसकेकोले यही पुस १ बाट ड्रिलिङ प्रक्रिया सुरु हुने प्राधिकरणले जनाएको छ । जसबाट ९० हजार ग्राहकले लाभ लिने बिद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।

भारतीय कम्पनी केइआइ इण्डष्ट्रिज कम्पनीले ठेक्का कार्यान्वयनमा आएको ३० महिनाभित्र काम सक्नुपर्नेगरी काम सुरु गरेको ६ महिना सर्बेक्षणमा काम सकाएको हो । पहिलो चरणमा काठमाडौंको पूर्व तथा दक्षिणमा पर्ने बागबजार, असन, दरबारमार्ग लगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरमा बालुवाटार, गोंगबु, सामाखुसी लगायतका महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत ड्रिलिङको काम गरिने छ । दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा पनि अन्डर ग्राउण्ड लाइन बनाउने बोलपत्र आवाहान गरिएको प्राधिकरणले जनाएको छ ।

सडक खन्दा सर्वसाधारणलाई धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होराइजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइने छ । जसले केही मिटरको दूरीमा दुई खाल्डा खनेर बीचमा अन्डर ग्राउण्ड तरिकाले नै पाइप राखिनेछ । विद्युत प्राधिकरणले विजुलीका तारसंगै टेलिफोन, इन्टरनेट, केवलका तारहरु समेत अन्डरग्राउण्डिङ हुनसक्ने जनाएको छ ।

ड्रिलिङ प्रक्रियाबाट बिद्युत, इन्टरनेट, केबल लगायतका तारलाई जमिन मूनीबाट लैजा“दा सुरक्षा चुनौतिलाई कम हुनेछ भने शहरको सुन्दरतालाई समेत बढाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group