ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विगतको जनमतलाई कायम राख्न मुख्यमन्त्री पोखरेलको आग्रह


admin
९ मंसिर २०७६, सोमबार   ७ : ४१   बजे

काठमाडौं, ९ मंसिर । देश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान सरकारले जनतालाई विकास र समृद्धि दिएको बताउनुभएको छ । प्रेस सङ्गठन दाङले आज तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले सरकार राष्ट्रिय हितका पक्षमा दृढताका साथ अघि बढेको र सीमा विवाद समाधान गर्न गम्भीर रहेको छ भन्नुुभयो ।

सीमा विवाद चलिरहेका बेला काँग्रेस सभापति शेरबहादुर देउवाबाट हल्का टिप्पणी आउनु गलत भएको भन्दै त्यस विषयमा गल्ती बोलेको स्वीकार्न सुझावसमेत दिनुभयो । लामो समयसम्म सरकारमा बसेको काँग्रेसले अहिले जनताको आशालाई निराशामा बदल्न खोजेको आरोप लगाउनुभयो । यसैबीच आज नै दङ्गीशरण गाउँपालिकाको हेकुलीमा भएको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का प्रदेश इञ्चार्ज रहनुभएका मुख्यमन्त्री पोखरेलले पश्चिम दाङमा जनताले पाँच वर्षका लागि नेकपालाई मतदान गरेको भन्दै अबको उपनिर्वाचनमा विगतको जनमतलाई कायम राख्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “तपाइँहरुले नेकपालाई भरोसा गरेर पाँच वर्षका लागि जिताउनुभएको हो । अहिले पनि त्यसैलाई निरन्तरता दिनुहोस् यो नै अहिलेको उपनिर्वाचनको विशेषता हो ।” मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले दाङमा सडकलाई प्राथमिकता दिएको भन्दै दामोदर सडक, मदन भण्डारी राजमार्ग, राप्ती लोकमार्ग तथा तुलसीपुर–अमिलिया, लमही–घोराही, घोराही– तुलसीपुर सडकखण्ड स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group