ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साधारण मान्छेको असाधारण राजनीति


admin
१० मंसिर २०७६, मंगलबार   १ : ०८   बजे

कास्की,१० मंसिर । कास्की क्षेत्र नं २ निर्वाचन नजिकिँदै गर्दा साना–ठूला दल चुनावी अभियानमा केन्द्रित छन् । चुनावका लागि केन्द्रीय तहका नेताको पोखरा आगमन बढिरहेको छ । ठूला दलका शीर्षनेताका गरमागरम भाषणका समाचारले सञ्चारमाध्यममा दोहोरी चलिरहेको सन्दर्भमा विवेकशील नेपाली दलका तर्फबाट स्वतन्त्र उम्मेदवार जमुना शर्मा भने ‘साधारण मान्छेको असाधारण’ राजनीति भन्दै गुलाफ चिह्न लिएर मतदातामाझ पुग्नुभएको छ ।

सामाजिक विभेद र विसङ्गतिका विरुद्ध खुलेर आवाज उठाउने शर्मा महिला अधिकारकर्मीका रूपमा परिचित हुनुहुन्छ । विशेषगरी सामाजिक मनोपरामर्शदाताका रूपमा आफ्नो परिचय स्थापना गर्नुभएका शर्मा सामाजिक परिवर्तनका लागि राजनीति आवश्यक रहने भन्ने चेतले आफूलाई उम्मेदवार बन्न प्रेरित गरेको बताउनुहुन्छ । “म ताँतीका ताँती कार्यकर्ता र घाँटीभरिको माला भिरेर उम्मेदवार बन्न रुचि राख्दिन, परिवर्तनको झिल्का सानोबाट शुरु हुन्छ, म साधारण मान्छेको असाराधारण राजनीतिबाट यसलाई सम्भव तुल्याउने अभ्यासमा छु”, शर्माले भन्नुभयो । “हाम्रो परम्परागत राजनीतिक अभ्यास कस्तो भयो, आजसम्म के पायौँ र अब के पाउँछौँ भनेर मूल्याङ्कन गर्ने सही समय आएको छ । अब उपनिर्वाचनबाट जनताले असल नेतृत्व छान्ने छन् ।”

समाजशास्त्र र मानवशास्त्रमा एवं ग्रामीण विकासमा स्नातकोत्तर ३२ वर्षीया शर्मा कानूनमा पनि स्नातक हुनुहुन्छ । उहाँले प्रारम्भिक शिक्षा बाँके कोहलपुरबाट प्राप्त गर्नुभएको थियो । आफ्नो शिक्षा र विशेषज्ञताले सांसदका रूपमा आफू योग्य हुने उहाँको जिकिर छ । “अबको राजनीति कुनै वाद र तन्त्रविरुद्ध वा प्राप्तिको निम्ति होइन । अबको राजनीति भनेको गरीबी, अशिक्षा, भ्रष्टाचार, असमानता र परनिर्भरता विरुद्ध हो, यसका लागि युवा जमात अगाडि आउनैपर्छ”, उहाँले भन्नुभयो । अब सामाजिक रुपान्तरणका लागि स्वच्छ र इमान्दार व्यक्ति राजनीतिमा आउनुपर्ने मतदाताको आवाजले पनि आफूलाई उत्साहित बनाएको शर्माको भनाइ छ ।“हामी खरायो दौडमा होइन, कछुवा दौडमा छाँै, अहमताको राजनीतिले चर्को आवाज निस्के पनि सेतीजस्तै सुस्ताइरहेका हाम्रा आवाज परिवर्तनका लागि गन्तव्य खोजेर बगिरहेका छन्”, शर्मा भन्नुहुन्छ ।

पोखरा लेकसाइडकी शर्मालाई सघाउन केन्द्रदेखि युवा नेत्री रञ्जु दर्शना मुख्य प्रचारकका रुपमा कस्केली जनतामाझ आइपुग्नुभएको छ । युवा पुस्तामा राजनीतिक चेतको विकास गरेर राजनीतिमा नयाँ धारलाई स्थापित गर्ने लक्ष्य पनि विवेकशीलले लिएको पार्टी नेताहरुको भनाइ छ । पार्टीको सङ्घीय पदाधिकारीमा ५० प्रतिशत महिलालाई विधानमै सुरक्षित गरेकाले पनि राजनीतिप्रति महिलाको रुचिलाई विवेकशील पार्टीले तान्न खोजेको देखिन्छ । युवालाई राजनीतिमा प्रवेश गराउन केही हदसम्म विवेकशीलले प्रयत्न गरेको छ । अहिले पनि हातमा गुलाफ फूल लिएर मतदातामाझ पुग्ने अधिकांश युवामा महिला देख्न सकिन्छ ।

केही समयअघि साझा पार्टीसँग एकता गरेको विवेकशीलले विचार र सिद्धान्त फरक भएको भन्दै एकता तोडेको थियो । अहिले साझा पार्टीका तर्फबाट रजनी केसी ‘मन बदलाँै, मत बदलाँै’ भन्ने नाराका साथ चुनावी मैदानमा हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का विद्या भट्टराईसहित तीन महिला उम्मेदवारको चुनावी अभियान निकै रोचक रूपमा अघि बढेको छ । कास्की क्षेत्र नं २ मा पोखरा महानगरपालिकाका ११ वडाका कूल ७१ हजार ८७१ मतदाता छन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको गत वर्ष फागुन १५ गते हवाई दुर्घटनामा निधन भएपछि रिक्त स्थानमा प्रतिनिधिसभा सदस्यका लागि यही मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group