ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमा मिचिएको चिन्ता भए सरकारलाई सहयोग गर्नुपर्छ– मन्त्री अर्याल


admin
१० मंसिर २०७६, मंगलबार   ७ : ५३   बजे

काठमाडौं, १० मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सीमा मिचिएको चिन्ता भए सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

जिल्ला मालपोत कार्यालमा आज सुधारिएको सेवा प्रवाह मोडेल सिस्टमको शुभारम्भ कार्यक्रममा भारत सरकारले जारी गरेको नक्साप्रति भइरहेका टीका टिप्पणीप्रति सङ्केत गर्दै मन्त्री अर्यालले भन्नुभयो, “नेपालको सीमा छिमेकीले मिच्दा सरकारलाई सहयोग गरेर राष्ट्रियताको पक्षमा उभिनुको सट्टा केही दल सरकारको सहमतिमा नै भारतले नक्सा निकालेको भनेर जनतालाई भ्रममा पारेर भोटका लागि तुच्छ कार्य गरिरहेका छन् ।” देशको माया हुनेले देश र सरकारलाई बल पुग्ने काम गर्छन् की राष्ट्रियता सङ्कटमा परेको बेलामा जथाभावी बोल्छन् भन्दै उहाँले प्रश्न गर्नुभयो ।

जनताको काममा कुनै पनि बहानामा ढिलासुस्ती गर्न नहुने भन्दै मन्त्री अर्यालले समयमै काम सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । सबै क्षेत्रमा सरकारका कामले गति लिएको अवस्थामा मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारको नाराले सार्थकता पाउने उहाँले बताउनुभयो । मन्त्री अर्यालले वर्तमान सरकार जनताका अपेक्षा पूरा गर्न सक्रिय रहेको बताउनुभयो । भारत र चीनसगँ जोडिएका सबै ठाउँमा समस्या एउटै रहेको बताउँदै उहाँले सरकार कूटनीतिक समाधानको प्रयासमा रहेको बताउनुभयो । यसैबीच आजै मन्त्री अर्यालले वालिङस्थित फूलबारी बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै सरकार सहकारीलाई मर्ज गरेर व्यवस्थित रुपमा अगाडि बढाउने योजनाका साथ लागिपरेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group