ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहुलितय कर्जा: ‘सबै कागजात पूरा गरी ऋण नपाए खबर गर्नुस्’– अर्थमन्त्री खतिवडा


admin
११ मंसिर २०७६, बुधबार   ६ : ५८   बजे

काठमाडौं, ११ मंसिर । अर्थमन्त्री युवराज खतिवडाले सहुलियतपूर्ण कर्जा बैंकले नदिए आफूलाई खबर गर्न आग्रह गर्नुभएको छ । राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि–२०७६ को प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंकसँगको सम्झौता घोषणासभा तथा पत्रकार सम्मेलनमा उहाँले सहुलियतपूर्ण कर्जा प्रवाह नगर्ने बैंकमाथि एक्शन लिइने बताउनुभयो ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय बीच संशोधन गरिएको कार्यविधि प्रभावकारी कार्यान्वयन गर्नेमा सम्झौता भएको हो । सम्झौताअनुसार अब ती तीन बैंकले आफ्ना देशभरिका शाखाबाट युवालाई स्वरोजगार बनाउनका लागि पाँचदेखि सात प्रतिशत ब्याजदरमा सहुलितयपूर्ण कर्जा गर्नेछन् ।

मन्त्री खतिवडाले कर्जाको सुरक्षण सरकारले सुरक्षित गरेको हुनाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ । “बैंकमा राखिएको पैसा उद्यमशीलता बन्ने नागरिकमाथि लगानी गर्नु पर्दछ हो, त्यसमा बिना हिचकिचावट तपाईंहरुले कर्जा प्रवाह गर्नुपर्दछ, त्यति गरेर पनि बैंकले दायाँबायाँ गर्नुभयो भने हामीसँग हटलाइनको पनि व्यवस्था हुन्छ”, उहाँले भन्नुभयो, “तपार्इंले मेरो इमेलमा लेखेर पठाउनु होला, मैले सबै कागजात पूरा गरी ऋण पाएन भनेर खबर गरे हामी बैंकमाथि एक्शन लिन्छौँ ।”

उहाँले कतिपयले ऋण पाएन भनेर पनि इमेल लेखेर पनि पठाएको र त्यसको आफूले ‘फलोअप’समेत गरिरहेको बताउनुभयो । उहाँले बैंंकले कर्जा प्रवाह नगरे आफ्नो ‘अफिसियल’ इमेलमा पनि लेखेर पठाउनसमेत आग्रह गर्नुभएको छ । मन्त्री खतिवडाले युवा परिचालन वर्षलाई आर्थिक रुपान्तरणसँग जोड्न पनि सहुलियपूर्ण कर्जा प्रवाहमार्फत युवालाई स्वरोजगार बनाउन लागिएको बताउनुभयो । उहाँले अहिले प्रदान गरिने अनुदानलाई पुनरावलोकन गर्दै कृषि उत्पादनको साधनमा मात्र अनुदान दिने तयारी गरिएको बताउनुभयो । उहाँले युवाले अहिले पनि जोखिम उठाउन आँट गर्न नसकेको भन्दै अब युवालाई तालिम, प्रशिक्षण दिएर सिर्जनशीप सिकाएर उद्यमशील बन्न आँट बनाइने बताउनुभयो ।

“अहिले युवाले उद्यमशीलता बन्ने आँट गरेका छैनन्, ज्ञान भएर पनि रोजगारी पाउन सकेका छैनन्”, उहाँले भन्नुभयो, “विद्यालय शिक्षादेखि सबै सीप विकास शिक्षा, प्राविधिक र व्यावसायिक शिक्षा दिनुपर्दछ, सीपले उद्यमशीलता गर्नका लागि जोखिम उठाउन तयार गराउँदछ ।”राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलले स्वदेशमा नै युवा स्वरोजगार हुन भन्नका लागि सहुलियतपूर्ण कर्जा वितरण गरिएको बताउनुभयो । उहाँले कार्यविधि संशोधन भएकाले बैंक र युवालाई लिनदिन सहज भएको बताउनुभयो । युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सहुलियपूर्ण कर्जा प्रवाहले युवालाई आफ्नो गाउँठाउँमा बसेर स्वरोजगार बनाउन मद्दत गर्ने बताउनुभयो । उहाँले बैंक सरकारी सेवामा मात्र लागेको आफूले देखेको भन्दै आफ्नो सेवाबारे जानकारी गराउनुपर्ने बताउनुभयो ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले युवाले स्तरीय परियोजना बनाएर नल्याउँदा कर्जा प्रवाहमा समस्या रहेको भन्दै परियोजना बनाउन सिकाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार बैंकले अहिलेसम्म छ हजार ३१४ युवालाई रु छ अर्ब ८१ करोड ६० लाख कर्जा प्रवाह गरिसकेको छ । नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अधिकारीले युवालाई मुलुकमै स्वरोजगारी बनाउने सरकारले ल्याएको परियोजनामा साथ दिने बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म तीन हजार १६१ लाई करिब रु दुई अर्ब १० करोड कर्जा प्रवाह गरिएको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कार्यविधि अन्यौल र कर्मचारीको सोचमा परिवर्तन नआएको कर्जा प्रवाहमा कठिनाइ भएको बताउनुभयो । उहाँले संशोधन गरिएको कार्यविधिअनुसार युवालाई उद्यमशीलता बनाउन प्रोत्साहन गर्नका लागि कर्जा प्रवाहलाई सरल बनाइने बताउनुभयो । उहाँका अनुसार बैंकले अहिलेसम्म रु साढे चार अर्ब लगानी गरेको छ ।

परिषद् र एनएमबीबीच सम्झौता

यसैगरी परिषद् र एनएमबी बैंकबीच युवालाई सीपमूलक तालीम केन्द्र सञ्चालन गर्नका लागि सम्झौता गरिएको छ । परिषद्का उपाध्यक्ष ढुङ्गेल र बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीबीच सातवटै प्रदेश र काठमाडौँमा स्वरोजगार बन्नका लागि परामर्श, उद्यमशीलता र वित्तीय साक्षर बन्नका लागि तालीम केन्द्र स्थापना गर्नेमा सम्झौतासमेत भएको हो । परिषद्का उपाध्यक्ष ढुङ्गेलले तालीम केन्द्रबाट युवाले आफूलाई स्वरोजगार बनाउन सक्ने बताउनुभयो । एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानले युवालाई सीप सिकाएर उद्यमी बनाउँदै उनीहरुले उत्पादन गरेका वस्तुको बजारीकरण गर्नसमेत सहयोग गर्ने बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले कृषि, ऊर्जा, पर्यटन क्षेत्रमा स्वरोजगार बन्ने युवालाई तालीम दिई उद्यमशील बनाइने बताउनुभयो ।

युवालाई स्वदेशमा नै स्वरोजगार बनाउनका लागि सरकारले २०७५ कात्तिक २० गतेदेखि व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च तथा प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्पपीडितको निजी आवास निर्माण कर्जा, कपडा उद्योग सञ्चालन र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ९सिटिइभिटी०बाट तालीम लिनका लागि कर्जा गरी नौ प्रकारका कर्जा प्रवाह गरेको छ । अहिलेसम्म सहुलियतपूर्ण कर्जा करीब १८ हजार ९०० युवामा प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group