ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सात वर्ष साउदी बसेकी सुनिताको कमाइ : मानसिक रोग !


admin
२६ कार्तिक २०७४, आइतबार   १२ : ०४   बजे

बनियानी, झापा, २६ कात्तिक । वैदेशिक रोजगारमा गएर सुन्दर भविष्य निर्माण गर्ने योजनाका साथ दैनिक सयौँ युवा विदेशिने गरेका छन् । तर, सबैको सपना पूरा हुन्छ भन्ने छैन । कोही राम्रै दाम लिएर आउँछन्, त कोही रोगिएर थिलथिलो शरीर लिएर भने कोही बाकसमा ।

यस्तै, सुन्दर भविष्यको खोजीमा सात वर्षअघि साउदी अबर पुगेकी बिर्तामोड नगरपालिका–८ गरामनीकी सुनिता गामी (४०) मानसिक रोगी भएर फर्किएकी छन् । सात वर्षअघि घरेलु कामदारका रुपमा भारतीय बाटो हुँदै साउदी पुगेकी सुनिता गत वैशाखमा नेपाल फर्किएकी हुन् ।

घरमालिकको शारीरिक र मानसिक यातनाले हाल उनी विक्षिप्त अवस्थामा रहेकी छन् । स्थानीय मंगलु राजवंशीले सम्पर्क गराएपछि झापा धाइजनका अभिषेक धिमालले सुनितालाई भारतको बाटो हुँदै साउदी पठाएको श्रीमान् नारायण गामीले जानकारी दिनुभयो ।

“साउदी पुगेको एक महिनापछि सुनिताले फोन गरेकी थिई”, नारायणले भन्नुभयो, “त्यसयता सम्पर्क हुन सकेन ।” सुनितालाई साउदी पठाउने धिमाल हाल सम्पर्कविहीन छन् ।

सात वर्षपछि सदस्य घर फर्किंदा खुसी भए पनि सुनिताको अवस्थाले परिवार चिन्तामा छ । “छोरा पढाउने र घर बनाउने सपना थियो”, नारायणले भन्नुभयो, “पैसा कमाउनु त टाढाको कुरा श्रीमतीको यस्तो हालत भयो ।” हाल सुनिताको उपचार भइरहेको उहाँले बताउनुभयो ।

मासिक रु १४ हजार पारिश्रमिक पाउने शर्तमा साउदी पुगेकी सुनिताले गएको चार महिनापछि रु ५० हजार पठाएकी थिइन् । सो रकम उनले आफ्नो देवर प्रमोदको नाममा पठाएकी थिइन् । त्यसपछि कुनै रकम नपठाएको परिवारले जनाएको छ ।

तर, उद्धार गरी नेपाल फर्किएपछि सुनिताको तलबबापतको रु १० लाख पाएको श्रीमान् नारायणले बताउनुभयो । उहाँले भन्नुभयो, “सोही रकमले श्रीमतीको उपचार गरिरहेकी छु ।” उनले दोषीलाई कारबाहीको माग गर्दै न्यायका लागि अपिलसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu