काठमाडौं, १७ मंसिर । काठमाडौं जारी १३औं सागमा एथ्लेटिक्स अन्तर्गत महिलातर्फ १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जित्नु भएको छ । सन्तोषीले ३५ मिनेट ७.९४ सेकेण्डमा निर्धारित दूरी पार गरी स्वर्ण जित्नु भएको हो। सन्तोषीले भारतकी कविता यादवलाई पछि पारी स्वर्ण जित्न सफल हुनुभएको हो । एथ्थलेटिक्सतर्फ नेपालको यो पहिलो स्वर्ण हो ।त्यस्तै काठमाण्डौमा जारी १३औँ दक्षिण एशियाली खेलकूद साग अन्तर्गत एथ्लेटिक्सको एक हजार ५०० मिटर दौडको पुरुषतर्फ नेपालले कास्यपदक हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालका टङ्क कार्कीले एक हजार ५०० मिटर दौडमा कास्यपदक जित्नुभएको हो । उहाँले निर्धारित दुरी तीन मिनेट ५९.२० सेकेण्डमा पूरा गर्नुभयो । उहाँ यस पदकसँगै एथ्लेटिक्सतर्फ नेपाललाई पहिलो पदक दिलाउने खेलाडी बन्नुभयो ।
सोही स्पर्धामा भारतले स्वर्ण र रजत जित्यो । भारतका अजयकुमार सरोले तीन मिनेट ५४.८१ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण पदक जिते । त्यस्तै भारतकै अर्का खेलाडी अजित कुमारले तीन मिनेट ५७.१८ सेकेन्ड खर्चदै रजत पदक हात पारे । यता सोही स्पर्धाको महिलामा श्रीलङ्काले स्वर्ण जित्दा भारतले रजत र कास्यपदक हात पा¥योे । नेपालकी सरस्वती भट्ट पाँचौ र सानुमाया कार्की सातांै भए ।
प्रतिक्रिया दिनुहोस्