बुटवल,२१ मंसिर
नब नियुक्त संघिय सरकारका भौतीक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले मन्त्री बनेपछि पहिलो पटक कन्चन नदिको भैरबघाटमा निर्मित पुलको उद्घाटन गर्नुभएको छ । रुपन्देहीको कञ्चन गाउँपालिकाको साविकको रुद्धपुर र गजेडी गाविस जोड्ने पुलको शनिबार मन्त्री नेम्वाङले उद्घाटन गर्नुभयो । पुल उदघाटन समारोहमा बोल्दै मन्त्री नेम्बाङले देशमा अब सुरुङ्गमार्ग र दुई डाडा जोडिने पुलको निर्माण गरि देशको भौतिक पुर्वाधार विकासलाई तिव्र गतिमा अगि बढाईने बताउनुभयो । आफु मन्त्री भएपछि पहिलो पटक पुलको उद्घाटन गरेको बताउँदै उहांले अहिलेको सरकारले नै देशमा समृद्धि ल्याउँने दाबी गर्नुभयो । मन्त्री नेम्बाङले देशमा तिव्र गतिमा सडक , पुल निर्माणको चलेको बताउँदै अब दुई पहाड जोडिने पुल र सुरुङ्गमार्ग निर्माणको छिट्टै शिल्यनाश समेत गरिने जानकरी दिनुभयो ।
सडक बिभागका महानिर्देशक ईन्जिनियर केशब कुमार शर्माले देशभरि यो आर्थिक वर्षमा ३ सय पुलको निर्माण कार्य सम्पन्न हुने र रुपन्देही जिल्लामा मात्र ३० वटा पुल निर्माणको काम पुरा हुने बताउनुभयो ।
कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले गाउँपालिकाको विकास र यँहाका जनताको जिवनस्तरको लागि पुल कोषेढुङ्गा सावित हुने बताउनुभयो ।
२०७१ सालमा ३ बर्षमा सम्पन्न गर्ने गरी रायमाझी कन्ट्रक्सनले ठेक्का पाएको थियो । ६२ मिटर लामो ११ मिटर चौडाईको उक्त पुल ६ करोड पांचलाख पचास हजारमा निर्माण भएको हो । स्थानीयका अनुसार नदीमा पुल नहु्दा बर्षाको समयमा रुद्रपुर, हरैया, गरगरे क्षेत्रका बासिन्दा सालझण्डी बासगडी हुदै २२ किलोमिटरको यात्रा गरेर गाउपालिकाको कार्यालय जानुपर्ने बाध्यता थियो । यो पुल बनेसँगै सहजता भएको स्थानीबासीले प्रतिक्रिया दिएका छन ।
प्रतिक्रिया दिनुहोस्