ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुल बिग्रिँदा उद्योगीलाई दैनिक पन्ध्र करोड नोक्सानी


admin
२७ कार्तिक २०७४, सोमबार   ४ : ४८   बजे

पथरी, मोरङ, २७ कात्तिक । भारतको बथनाहास्थित मीरगञ्ज पुलबाट ठूला मालबाहक सवारी साधन आवतजावत हुन नसक्दा सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगीलाई दैनिक रु १५ करोड घाटा लागेको छ ।

गत साउन अन्तिम साता आएको बाढीका कारण मीरगञ्ज पुलमा समस्या आएपछि भारतीय पक्षले २० टनभन्दा बढी तौल भएका मालबाहक सवारीसाधनलाई सो पुलबाट आवतजावतमा रोक लगाएको छ ।

अहिले सुनसरी–मोरङ औद्यौगिक करिडोर क्षेत्रका उद्योगी व्यवसायीले ८० किलोमिटर घुमाउरो दूरी प्रयोग गरेर कच्चा पदार्थ र अन्य सामान आयात गर्न बाध्य भएको उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले बताउनुभयो ।

मीरगञ्ज पुल विराटनगर भन्सार कार्यालयबाट करिब पाँच किमीको दूरीमा पर्छ । तर सुनसरीको भान्टाबारी नाकाबाट ८० किमी घुमाउरो दूरी प्रयोग गर्दा ढुवानी खर्च बढ्नुका साथै उद्योगीलाई हैरानी भएको छ ।

“भान्टाबारी र रानी भन्सारमा पनि जाँच गरिन्छ, उद्योगीलाई दोहोरो दुःख भएको छ,” उहाँले भन्नुभयो ।

भान्टाबारी नाकाबाट सडक साँघुरो भएका कारण एकतर्फी मात्रै सवारीसाधन सञ्चालन हुने गरेको छ । “यस क्षेत्रका उद्योगीलाई दैनिक रु १४ करोडदेखि रु १५ करोडसम्म नोक्सानी भएको छ” अध्यक्ष उपाध्यायले भन्नुभयो । कलकत्ता बन्दरगाहमा सयौँं कन्टेनर रोकिएको उहाँले जानकारी दिनुभयो ।

उद्योगीले जोगबनी नाकाबाट सामान आयात गर्दा ढुवानी खर्च र झन्झट कम व्यहोर्नुपथ्र्यो । अध्यक्ष उपाध्याय उत्पादन लागत ह्वात्तै बढेको बताउनुहुन्छ । हाल प्रतिकिलो रु दुईभन्दा बढी लागत बढेको छ । कम लागतमा उत्पादित भारतीय र स्वदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न निकै गाह्रो भएको उहाँको गुनासो छ ।
पुल सञ्चालन गर्नका लागि मोरङ व्यापार संघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १, उद्योग संगठन मोरङलगायतले सरकार र भारतीय पक्षको ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu