झापा, २७ कार्तिक ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले बिगारेको भारतसंगको सम्बन्ध आफुले सुधार गरेको बताउनुभएको छ ।
एबीसी न्युजको कार्यक्रम आउटलुक बिशेषका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको सरकारका बेला लागेको नाकाबन्दी भारतसंग सम्बन्ध सुधार गर्दै आफुले खोलेको दाबी गर्नुभयो । उहांले दुबै सार्वभौम मुलुकको पारस्परिक सम्बन्ध समान हैसियतका आधारमा हुनुपर्नेमा जोड दिंदै आफुहरु त्यसै अनुसारको सम्बन्ध बनाउन चाहेको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले हरेकदिनको समय खेर फालिरहनुभएको टिप्पणी गर्दै अध्यक्ष ओलीले कांग्रेसलाई एमालेले लतारेरै संबिधान जारी गर्ने दिशामा ल्याएको बताउनुभयो । कांग्रेसले संबिधान दिएको भन्ने दाबीमा सत्यता नभएको उहा“को भनाई थियो । कम्युनिष्टहरुको बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतन्त्रलाई कसैले आफुले ल्याएको भन्नु गलत भएको भन्दै उहांले लोकतन्त्र कसैले बर्थडेमा दिएको उपहार नभएको बताउनुभयो ।
कार्यक्रम आउटलुक बिशेष आज राती ९ बजे एबीसी न्युजबाट प्रशारण हुने छ ।
प्रतिक्रिया दिनुहोस्