ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिपक्षीय प्रतिस्पर्धामा प्यूठान : कांग्रेस, माओवादी र एमाले


admin
७ असार २०७४, बुधबार   १२ : ००   बजे

काठमाडौं ६ असार ।
प्यूठानमा २ नगरपालिका र ७ गाउपालिका गरी ९ वटा स्थानीय तह छन् । कृयाशील राजनीतिक दलले आइतबार जिल्लाका सबै स्थानीय तहमा उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । पहिलो पटक स्थानीय तहको निर्वाचन भएकाले प्यूठानी नागरिक मतदान गर्न आतुर छन् । आइतबारको मनोनयन दर्ताले असार १४ गते मतदान गर्न पाइने सुनिश्चित भएकोमा प्यूठानी नागरिक खुशी पनि छन् । मनोनयन दर्तास“गै दलका उम्मेदवार भोट माग्न गाउ“ पसेका छन् । प्यूठानमा तीन ठूला दल नै प्रमुख प्रतिस्पर्धी हुन । तर, प्यूठानको हकमा राष्ट्रिय जनमोर्चा पनि प्रतिस्पर्धी दल मानिन्छ । राजमोको बलियो उपस्थितिकै कारण माओवादी र राजमोबीच प्यूठानका केही स्थानीय तहमा तालमेल समेत भएको छ ।

प्यूठानमा काग्रेसका उम्मेद्वार

नेपाली काग्रेसले प्यूठान नगरपालिकामा देवेन्द्र बर्मालाई मेयर र भगवती बिष्टलाई उपमेयरको उम्मेदवार बनाएको छ । स्वर्गद्वारी नगरपालिकामा टेकप्रसाद भण्डारीलाई मेयर र वाली खड्कालाई उपमेयरको उम्मेदवार बनाएको छ । कांग्रेसले माण्डवी गाउ“पालिकामा रेशम ठेडीमगरलाई अध्यक्षको उम्मेदवार बनाएको छ भने सरुमारानी गाउ“पालिकाको अध्यक्षमा मोहनलाल पन्थीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । कांग्रेसले ऐरावती गाउ“पालिकाको अध्यक्षमा नविनविक्रम शाह, मल्लरानी गाउ“पालिकामा विजय श्रेष्ठ र झिमरुक गाउ“पालिका अध्यक्षमा प्रमोद पोखरेललाई अध्यक्षको उम्मेदवार बनाएको छ । कांग्रेसबाट गौमुखी गाउ“पालिकामा बिष्णुकुमार गिरी, नौबहिनी गाउ“पालिका अध्यक्षमा शिव रिजाल अध्यक्षका उम्मेदवार रहेका छन् । कांग्रेसबाट प्यूठान नगरपालिकाको मेयरका प्रत्यासी देवेन्द्र बर्मा जिल्लामा आफ्नो पार्टीको उपस्थिति बलियो रहेकाले जित सुनिश्चित रहेको दावी गर्छन् ।

प्यूठानमा एमालेका उम्मेद्वार

नेकपा एमालेले प्यूठान नगरपालिकाको मेयरमा तुल्सी शर्मा र उपमेयरमा शान्ता आचार्यलाई उम्मेदवार बनाएको छ भने स्वर्गद्धारी नगरपालिकाको मेयर नेत्रबहादुर रोकाय र उपमेयरमा गोमा रेग्मीको उम्मेदवारी रहेको छ । नेकपा एमालेबाट माण्डवी गाउ“पालिकामा श्रीधर रोका अध्यक्षका उम्मेदवार हुन भने सरुमारानी गाउपालिकामा झगबहादुर विश्वकर्मा र ऐरावती गाउ“पालिकामा टीकाबहादुर गुरुङलाई अध्यक्षको उम्मेदवार बनाएको छ । एमालेबाट मल्लारानी गाउ“पालिकामा इमान सिंह भारतीलाई अध्यक्षको उम्मेदवार बनाएको छ भने झिमरुक गाउ“पालिकाको अध्यक्षमा मानबहादुर जि.सी.लाई अध्यक्षको उम्मेदवार रहेका छन् । गौमुखी गाउ“पालिकामा रत्तिमान राना मगरलाई अध्यक्षको उम्मेदवार बनाएको कांग्रेसले नौ बहिनी गाउ“पालिकामा डिलबहादुर थापा अध्यक्षका उम्मेदवार रहेका छन् । एमालेबाट प्यूठान नगरपालिकाको मेयरका उम्मेदवार बनेका तुल्सी शर्मा पनि आफ्नो पार्टीको जनाधार बलियो रहेकाले आफ्नो जित सुनिश्चित रहेको दावी गर्छन् ।

प्यूठानमा माओवादी केन्द्रका उम्मेदवार

 

प्यूठान नगरपालिकामा राष्ट्रिय जनमोर्चासग चुनावी तालमेल गरेको नेकपा माओवादी केन्द्रले अर्जुनकुमार कक्षपतिलाई मेयसरका उम्मेदवार बनाएको छ भने राजमोका दुर्गा ध्रुवकुमार थापालाई उपमेयरको उम्मेदवार बनाएको छ ।
त्यस्तै, स्वर्गद्धारी नगरपालिकामा पनि राजमोस“गै तालमेल गरेको माओवादीले राजमोका वीरबहादुर पुनलाई मेयरको उम्मेदवार स्वीकारेको छ भने माओवादीका दुर्गा रेग्मी उपमेयरका उम्म्ेदवारी रहेका छन् ।

 

माओवादीले माण्डवी गाउ“पालिकामा नवराज अधिकारीलाई अध्यक्षको उम्मेदवार बनाएको छ भने सरुमारानी गाउपालिकामा डोरबहादुर दर्लामी मगरलाई उम्मेदवार बनाएको छ । ऐरावती गाउपालिकाको अध्यक्षमा बुद्धबहादुुर जि.सी.लाई अध्यक्षको उम्मेदवार बनाएको माओवादीले मल्लरानी गाउपालिकामा भने नारायण भट्राईलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

माओवादीबाट झिमरुक गाउ“पालिकामा पीतबहादुर महतरा, गौमुखी गाउ“पालिकामा मनबहादुर थापा र नौबहिनि गाउ“पालिकामा भने राष्ट्रिय जनमोर्चासगको तालमेलमा रामबहादुर केसीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । माओवादी केन्द्रबाट प्यूठान नगरपालिकाको मेयरका उम्मेदवार बनेका अर्जुनकुमार कक्षपति स्थानीय तह माओवादीको एजेण्डा भएकाले आफुले जित्ने दावी गर्छन् ।

 

प्यूठान नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमको गृह जिल्ला हो । त्यति मात्र होइन प्यूठान, माओवादी केन्द्रका नेता मणि थापा र लिलामणि पोख्रेलको पनि गृह जिल्ला हो । त्यसैले प्यूठानलाई नेताहरुले पनि प्रतिष्ठाको विषय बनाएका छन् । पहिलो संविधानसभाको निर्वाचनमा प्यूठानका दुबै निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रले जितेको थियो ।

तर, दोस्रो संविधानसभाको निर्वाचनमा भने प्यूठानका दुबै निर्वाचन क्षेत्रमा एमालेले जितेको छ । एमाले–माओवादीका ठूला नेताकै गृह जिल्ला भएकाले पछिल्लो दुई निर्वाचनमा प्यूठानका मतदाताले दुबै दलका उम्मेदवारलाई पालै पालो जिताएका छन् । यद्यपि, प्यूठानमा नेपाली कँंग्रेस पनि एमाले–माओवादी सरह प्रतिस्पर्धी दल हो ।
त्यसैले यसपटकको मतपरिणाम कस्तो आउछ भन्न सक्ने अवस्था छैन । आम मतदातासग लोकप्रिय उम्मेदवार नै निर्वाचित हुने कुरामा भने दुईमत छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

तीन लगातार जितसहित नेपाल एसीसी महिला यु १९ प्रिमियर कपको सेमिफाइनलमा

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu