ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँमा वाम गठबन्धनको चुनावी अभियान शुरु


admin
२८ कार्तिक २०७४, मंगलबार   ३ : ४४   बजे

काठमाडाँै, २८ कात्तिक ।  चुनावलगत्तै पार्टी एकताको उद्घोषसहित नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धनले आजदेखि काठमाडौँमा संयुक्त चुनावी अभियान शुरु गरेको छ ।

दुवै पार्टीका शीर्ष नेताको उपस्थितिमा आगामी मंसिर २१ मा हुने निर्वाचनमा काठमाडौँ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको परिचय कार्यक्रम गरी अभियान शुरु भएको हो । दुवै दलले १० वटै क्षेत्रमा संयुक्त परिचालन कमिटी गठन र प्रचार कार्यालय खोलिसकेका छन् । जिल्लास्तरीय चुनावी सम्पर्क कार्यालय जमलमा खोलिएको छ ।

गठबन्धनले गत साता काठमाडौँमा साझा चुनावी घोषणापत्र सार्वजनिक गरी देशभर संयुक्त प्रचार अभियान जारी राखेका छन् । यी दुई ठूला वाम दलले गत असोज १७ गते चुनावी तालमेल र पार्टी एकताको घोषणा गरेका थिए ।

कार्यक्रममा नेताहरुले ‘राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको झण्डालाई वामपन्थीले फहराउँदै आएकाले’ सामाजिक आर्थिक रुपान्तरणको कार्यभार आफूहरुकै भएको उद्घोष गर्नुभयो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु राष्ट्रिय हितलाई केन्द्रमा राखेर रीत र सामान्य कूटनीतिभन्दा माथि उठी छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध कायम गरी मुलुकको समृद्धिको यात्रामा अग्रसर रहेको स्पष्ट गर्नुभयो ।
उहाँले भन्नुभयो, “हामी साम्यवादको लक्ष्य राख्छौँ, अहिले त्यो सम्भव छै्रन । काँग्रेसले पनि आफूलाई सोसलिष्ट इन्टरनेसनलको सदस्य हुँ किन भन्छ ? अनि कम्युनिष्टले अधिनायकवाद ल्याउँछ भनेर भ्रम छर्न मिल्छ ?” उहाँले वामपन्थी सरकारले अनैतिक र भ्रष्टरुपमा काम नगर्ने स्पष्ट गर्दै बूढीगण्डकी जलविद्युत् आयोजनामा गेजुवा कम्पनीको सम्झौता खारेज गरिएकामा आपत्ति प्रकट गर्नुभयो ।

एमालेका नेता एवं काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवकुमार नेपालले वाम शक्ति एकताबद्ध हुनु समयको माग र देशको आवश्यकता भएको बताउँदै नेपाली काँग्रेसभित्रका लोकतन्त्रवादीले पनि वामपन्थीको तालमेल र एकतालाई सहज रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“ कम्युनिष्टले जितेमा रुन पनि पाइँदैन भनिनु अन्यथा होइन किनकि हामीले जितेमा प्रत्येक नेपाली सुखी र समृद्धि हुनेछन्, उनीहरु हाँस्न पाउनेछन्, रुनै पर्दैन ।”

नेता नेपालले निर्वाचन सम्पन्न हुनेबित्तिकै पार्टी एकता हुनेमा कुनै सन्देह नभएको स्पष्ट पार्दै एकापसमा घुलमिल र एकताबद्ध हुन दुवै पार्टीका कार्यकर्तालाई आग्रह गर्नुभयो ।

माओवादी केन्द्रका सचिवालयका सदस्य एवं काठमाडौँ १० माप्रतिनिधिसभा सदस्य उम्मेदवार हितमान शाक्यले समाजवाद स्थापनाको लक्ष्यसहित वाम शक्ति मिलेर चुनावी मैदानमा आएको अवस्थामा जनस्तरमा उत्साह थपिएको बताउनुभयो । उहाँले वामपन्थीले जित्दा मुलुकमा अधिनायकवाद आउँछ भनेर गलत भ्रम फैलाउनुले नेपाली काँग्रेस पराजित मानसिकतामा पुगेको टिप्पणी गर्नुभयो ।

एमाले काठमाडौँ निर्वाचन परिचालन कमिटीका संयोजक एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ जिल्लामा स्थानीय निर्वाचनमा पनि वामपन्थीको पकड स्थापित भएकाले आफूहरुको विजय निश्चित भएको बताउनुभयो ।
माओवादी केन्द्रले हिमाल शर्माको नेतृत्वमा जिल्ला परिचालन कमिटी गठन गरेको छ । कार्यक्रममा नेपाली काँग्रेसलगायत दलबाट रमेशकुमार खड्का, बालकृष्ण महर्जन, रविरत्न तुलाधार, अनन्तकुमार घिमिरेलगायत करिब ५० जना एमालेमा प्रवेश गर्नुभयो ।

जिल्लामा प्रतिनिधिसभाका १० क्षेत्रमध्ये एमालेका सात र माओवादी केन्द्रका तीन उम्मेदवार छन् । उम्मेदवारमा काठमाडौँमा प्रतिनिधिसभाका लागि क्षेत्र नं १ मा अनिल शर्मा, २ मा नेता नेपाल, ३ मा कृष्ण राई, ४ मा डा राजन भट्टराई, ५ मा एमाले महासचिव ईश्वर पोखरेल, ६ मा झक्कु सुवेदी, ७ मा रामवीर मानन्धर, ८ मा जीवनराम श्रेष्ठ, ९ मा कृष्णगोपाल श्रेष्ठ र १० मा नेता शाक्य हुनुहुन्छ ।

यसैगरी प्रदेशसभा सदस्यका २० उम्मेदवारमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सानुकुमार श्रेष्ठ, रामेश्वर फुयाँल, केशव स्थापित, डा अजयक्रान्ति शाक्य, नारायण सिलवाल, रमा आले मगर, विष्णुकुमारी भुसाल, निर्मल कुइँकेल, योगेन्द्र संग्रौला, केशव पोखरेल, दिलीप महर्जन, गणेश दुलाल, मणिराम फुयाँल, वसन्त मानन्धर, दीपक निरौला, प्रकाश श्रेष्ठ, रुद्र बराइली, राजेश शाक्य र कुसुमकुमार कार्की हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group