ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षागार्डकै प्रेमी पेस्तोल लिएर फरार


एबीसी न्यूज
१ पुस २०७६, मंगलबार   ३ : १६   बजे

धनुषा,  १ पुस ।  जनकपुरस्थित उच्च अदालतका एक न्यायाधीशकी सुरक्षा गार्डकै पेस्तोल लिएर उन्का प्रेमी भागेका छन् । न्यायाधीश सकुन्तला घिमिरेकी सुरक्षा गार्ड रहेकी प्रहरी जवान रनिताकुमारी केवटको पेस्तोल लिएर उन्काा प्रेमी भागेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषामा दरबन्दी भएकी प्रहरी जवान केवटको प्रेमी सिबेन्द्र यादवले पेस्तोल लिएर भागेको बताईएको छ । केवट जनकपुरधाम उपमहानगरपालिका–४ मा डेरी लिएर बस्दै आएकी थिइन् ।

पेस्तोल लिएर भागेका यादब नवलपुरासी देउडा ६ का बासिन्दा हुन् । यादवले लिएर भागेको पेस्तोलमा ७ राउण्ड गोली समेत लोड रहेको बताईएको छ । प्रहरी जवान केवटसँगै उनी केहि दिनदेखि डेरामा बस्दै आएका थिए । उनी कहिले भागेको विषयमा प्रहरीले बताउन चाहेका छैन ।

घटनापछि सुरक्षागार्ड केवटलाई जिल्ला जिल्ला प्रहरी कार्यालयमा तानिएको एक प्रहरी अधिकारीले बताए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा डिएसपी रामेश्वर कार्कीले उक्त घटना लुकाउने प्रयासगर्दै यस विषयमाकेही बताउन चाहेनंन ।
यता, प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी ज्ञानकुमार महतोले भने सुरक्षागार्ड बसेकी प्रहरी जवान केवटको पेस्तोल हराएको सुच्ना आएको र हराएको अथ्वा लुकाएको कि पेस्तोललिएर कोहि भागेको विषयमा अनुस्नधान भैरहेको बताए ।

त्यस्तै जिल्ला प्रहरीकार्यालय धनुषाका एक ईन्सपेक्टरले भने, ‘प्रहरी जवान रनिता केवटसँग उन्का प्रेमी सिबेन्द्रको झगडा भएको बुझिएको छ र त्यसपछि पेस्तोल लिएर केटा भागेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीले २५ मेगावाटको सोलार आयोजना ध्वस्त, ४ अर्ब लगानी जोखिममा

माथिल्लो त्रिशूली–३ ‘ए’को टनेलबाट पम्पिङ गरेर पानी निकाल्ने तयारी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu