ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वाग्रही पत्रकारिताबाट नागरिक प्रभावित हुनुहुँदैन – सञ्चारमन्त्री बाँस्कोटा


एबीसी न्यूज
१ पुस २०७६, मंगलबार   ३ : २३   बजे


काठमाडौं, १ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पूर्वाग्राही पत्रकारिताबाट आमनागरिक प्रभावित भइरहेकामा चिन्ता व्यक्त गर्दै मूलधारका सञ्चारमाध्यमले सत्यतथ्य समाचार सामग्री सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

‘द राइजिङ नेपाल’ ५४ वर्ष पूरा गरेका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले केही सञ्चारमाध्ययम यो वा त्यो बहानामा सरकारलाई मिथ्या आरोप लगाएर जनतामा भ्रम सिर्जना गर्न उद्दत देखिएको बताउनुभयो । “केही सञ्चारमाध्यमले तथ्यलाई स्वीकार गर्न नसक्दा जनतामा भ्रम सिर्जना भइरहेको छ”, विशेषतः मूलधारको सञ्चारमाध्यमले सही र तथ्यपरक सूचना सम्प्रेषणमा ध्यान दिन आग्रह गर्दै उहाँले भन्नुभयो, “हामी तथ्यहरु दिँदैनौँ, राजनीतिक होहल्लामा कुद्छौँ, तथ्यमा नटेकी पूर्वाग्राही दृष्टिकोणबाट निर्देशित सञ्चारमाध्यम आफ्नै कारणले समस्यामा छन् ।”

आफ्ना गतिविधिलाई लिएर हुने आलोचनाबाट सरकार रत्तिभर नडराउने बताउँदै उहाँले हचुवाका भरमा नभई तथ्यमा आधारित रहेर आलोचना गर्न लेखक एवं पत्रकारलाई आग्रह गर्नुभयो । पछिल्ला समय ‘गोरखापत्र’लगायत संस्थानका अन्य प्रकाशनको समाचार सामग्री पठनीय बन्दै गएकामा सन्तोष व्यक्त गर्दै सञ्चारमन्त्री बाँस्कोटाले समाचार सामग्रीलाई थप ओजपूर्ण बनाउन सुझाव दिनुभयो । ऊर्जाशील समय त्यसै खेर नफाल्न संस्थानका पत्रकार तथा कर्मचारीलाई आग्रह गर्दै उहाँले सरकारविरुद्धका भ्रम चिरेर स्थानीय सरकारसँग समन्वय गरी अगाडि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले समाचारको विषयवस्तुलाई पठनीय बनाउनु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै पाठ्य सामग्रीमा सुधार ल्याउने प्रयास निरन्तर भइरहेको बताउनुभयो । “कुनै बेला ‘गोरखापत्र’को काम सरकारको गलत काम छोप्नु थियो होला तर अहिले हामीले त्यस्तो प्रवृत्ति परिवर्तन गरेका छौँ”, उहाँले भन्नुभयो, “आलोचनात्मक चेत हामीले गुमाएका छैनौँ, आमजनताप्रति बफादार हुने गरी अगाडि बढेका छौँ, यो कुनै दलको, सरकारको होइन, जनताको पत्रिका हो ।”

कार्यक्रममा ‘द राइजिङ नेपाल’को श्रीवृद्धिमा विशिष्ट योगदान गर्ने डा तारानाथ शर्मा, पी खरेल, जबाहरकृष्ण मानन्धर, लोकदीप थापा, विजयलाल श्रेष्ठ, आदित्यमान श्रेष्ठ, देवराज दाहाललगायतलाई सम्मान गरिएको थियो । सो अखबारले राष्ट्रिय तथा अन्तरराष्ट्रिय गतिविधिलाई अङ्ग्रेजी भाषाका माध्यमबाट नागरिकलाई सूसुचित गराउँदै आएको छ । जनचासोका आलेख, विचार, विश्लेषण तथा अन्तर्वार्तालाई अखबारले प्रमुखताका साथ प्रकाशन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group