ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कानुनलाई उल्टाउदै गुठी संस्थानको जग्गामा जनपुरधाम उपमहानगरको मनपरि (भिडियोसहित)


admin
२ पुस २०७६, बुधबार   २ : ०७   बजे

धनुषा, २ पुस । धनुषा जिल्लामा जनप्रतिनिधिले नै सार्वजनिक जग्गा कब्जा गरेका छन् । जनकपुरधाम उपमहानगरपालिकाले कानुनलाई उल्टाउदै गुठीको जग्गा कब्जा गरेको हो ।गुठी संस्थानको अनुमती विना वडा कार्यालय ठड्याएको छ । जग्गा प्राप्ती गर्नका लागि कानुनी व्यवस्था छ, तर यसलाई उल्टाउदै कब्जा गरिएको हो । जनकपुरधाम उपमहानगरपालिकाकाले वडा कार्याालय संचालन गरेको बताउदै आएको छ । गुठी संस्थानस“ग अनुमती नलिई वडा कार्यालयको भवन निर्माण गरेको उपमहानगरले बताउदै आएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले गुठी संस्थानको कुनै जानकारी विना गुठीको जग्गामा कब्जा गरेको छ । गुठी जग्गा कब्जा गरि वडा नं. ६ को वडा कार्यालय बनाएको छ । एकातर्फ भू–माफियाहरुले यहा“ रहेको विभिन्न मठ–मन्दिर तथा पोखरी लगायत सार्वजनिक जग्गा अतिक्रमण गर्दै आइरहेका छन् । सांस्कृतिक सम्पदासंग सरोकार राख्ने गुठीको जग्गा संरक्षण गर्नु स्थानीय सरकारको दायित्व हो । तर, संस्थानको अनुमति विना नै जग्गा कब्जा गरिनु कानुनलाई उल्टाउनु हो । गुठी संस्थान शाखा कार्यालय जनकपुरधामका अनुसार जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ मा गुठीको जग्गामा कुनै प्रकारको कार्यालय स्थापना भए नभएको जानकारी नभएको बताएको छ । यो कार्यालय स्थानीय सरकारको भएतापनि गैरकानूनी रुपमा रहेको उसको प्रतिकृया छ । यद्यपी गुठी संस्थानको जग्गाको विषयमा क्यामेरामा बोल्न नमिल्ने भन्दै गुठी संस्थानका प्रमुख बैकुण्ठ प्रसाद रेग्मी पन्छिएका छन् । वडा कार्यालयको भवन गुठीको करिब ६ धुर जग्गामा झण्डै १८ लाखको लागतमा निर्माण गरिएको छ । गुठी संस्थान शाखा कार्यालय जनकपुरधामका प्रमुखसंग पटक पटक सम्पर्क गर्न खोज्दा समेत सम्पर्कमा नआएको वडा कार्यालयले बताएको छ । स्थानीय सरकारले पटक पटक सम्पर्क गर्न खोज्दा समेत सम्पर्कमा नआएपछि बाध्य भएर भवन निर्माण गरिएको वडाको दाबी छ ।

स्थानीय सरकार होउन या गुठी संस्थान दुवै सरकारी अड्डा हुन् । सरकारी अड्डाबीचको समन्वयको चरम अभाव देखिएको छ । समन्वयबाट वडाको भवन निवर्माण गरिनु आवस्यक छ । तर, गुठीका जग्गा दलालहरुले हडपिरहेको बेला उमहानगरको यो मनपरि कानुनी राज्यको उपहास मात्रै होइन, स्थानीय सरकारहरुको दादागिरीको रुप हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group