काठमाडौं, २ पुस ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले (CIAA) शुक्रबार मुख्य भन्सार कार्यालय तातोपानीका अधिकारी कृष्णबहादुर बस्नेतका विरुद्ध मुद्दा हालेको छ । यो संवैधानिक संस्थाले विशेष अदालतमा गैरकानुनी रुपमा १०५६९१६०९ रुपैया बराबरको सम्पत्ति राखेको आरोप लगाएको छ ।
भोजपुरका स्थायी निवासी बस्नेत ३१ बर्ष अघि नायव सुब्बा लेखा( राजपत्रित प्रथम श्रेणी अधिकारी) को रूपमा नियुक्ति भएका थिए र उनी अहिले श्रेणी उप सचिब रुपमा कार्यलय चलाउदै आएका थिए । अदुअआका उप प्रवक्ता गणेश बहादुर अधिकारीले बस्नेतले, अवैध रुपमा सम्पत्ति आर्जन गरेको र आफन्तको नाममा सम्पति लुकाएको प्रमाण सहित भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धानले बस्नेतकी श्रीमती सविता गौली बस्नेतको पनि कानुनी स्रोत नभएको स्थिर र तरल सम्पत्ति छ भन्ने कुरा पनि ठम्याएको छ ।
प्रतिक्रिया दिनुहोस्