ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘बलात्कार हाेइन’ भन्दै गलत रिपाेर्ट बनाउने दुई जना डाक्टरलाई जेल सजाय


admin
२ पुस २०७६, बुधबार   ७ : २२   बजे

 

जनकपुरधाम, २ पुस । बलात्कारको गलत प्रतिवेदन दिने जनकपुरका दुइ चिकिस्कलाइ विशेष अदालत काठमाडौंले दोषी ठहर गरेको छ ।

मंगलबार विषेश अदालत काठमाण्डौले डा. विजयकुमार सिंह र डा रम्भा गोइतलाई दोषी ठहर गर्दै जनही ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।विशेष अदालत काठमाण्डौँका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले चिकित्सकद्वयलाई दोषी ठहर गर्दै कैद सहित जरिवानाको निर्णय गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन जनकपुर अञ्चल अस्पतालमा कार्यरत रहेका चिकित्सक सिंह र डा. गोइतले अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो ।

चिकित्सक डा।विजय कुमार सिंह र डा. रम्भा गोइतले २०७५ भदौ ८ गते धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर २ को १२ वर्षीया बालिका बलात्कृत नभएको भनि गलत प्रतिवेदन बुझाएका थिए । डा. सिंह र डा। गोइतलाई न्यूनतम चिकित्सकीय आचरण तथा व्यवहार विपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै उनीहरुको व्यावसायिक प्रमाणपत्र समेत निलम्बन गरिएको छ । घटनाबारे अध्ययन गर्न नेपाल मेडिकल काउन्सिलले गठन गरेको छानबिन समितिले २ चिकित्सकलाई चिकित्सकीय अभ्यासबाट समेत वञ्चित गर्ने निर्णय गरेको थियो । अपराधीलाई जोगाउन उनीहरुले गलत प्रतिवेदन तयार पारि दिएको अध्ययनमा पाइएको थियो ।जनकपुर र सिरहामा बालिकाको नमुना परीक्षणको फरक फरक प्रतिवेदन आएपछि मेडिकल काउन्सिलले डा। कालुसिंह खत्रीको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

धनुषाको जनकनन्दनी गाउँपालिकामा काकीसँग बस्दै आएकी १२ वर्षीया बालिकालाई २०७५ भदौमा घरमा सुतिरहेका बेला २३ वर्षीय किरण खत्वेले बलात्कार गरेको थियो । तर ती बालिकासंग घटनापछि बालिकालाई स्वास्थ्य परीक्षणको लागि इलाका प्रहरी कार्यालय खजुरीले भदौँ ९ गते जनकपुर अञ्चल अस्पताल लगेको थियो । अञ्चल अस्पतालले ११ दिनपछि दिएको उक्त रिपोर्टमा स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकद्वय डा. रम्भा गोइत र डा. भिके सिंहले बालिकालाई स्वास्थ्य परीक्षणमा भेजिना नर्मल र ह्युमेन नर्मल उल्लेख गरेको प्रतिवेदन बुझाएको थियो । तर, पीडित परिवारलाई तत्कालिन जनकपुर अञ्चल अस्पतालको उक्त प्रतिवेदनमाथि चित्त नबुझेपछि गत भदाँै २५ गते जिल्ला अस्पताल सिरहामा बालिकाको पुनः स्वास्थ्य परीक्षण गरियो ।सिरहा जिल्ला अस्पतालका डा.राकेशकुमार सिंहले गरेको स्वास्थ्य जाँचमा पीडित बालिकाको गाला र ओठमा ‘बाइट मार्क’ गाला र ओठ टोकिएको, ‘भेजाइना कन्जेसन’ योनीमा चोट र ‘हाइमेन रप्चर्ड’योनिको झिल्ली च्यातिएको देखाएको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

बलात्कारको घटनापश्चात भारत भागेका आरोपित खत्वेलाई पैसा लिन घर फर्केको बेला प्रहरीले भदाँै ९ गते पक्राउ गरेको थियो । अभियुक्त खत्वेले प्रहरीसँगको बयानमा आफूले अपराध गरेको समेत स्वीकारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group