ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तराईका जिल्लामा शितलहरबाट जनजीवन अस्तव्यस्त, व्यापार व्यवसायसमेत प्रभावित (भिडियोसहित)


एबीसी न्यूज
४ पुस २०७६, शुक्रबार   १२ : ३७   बजे

बर्दिया, ४ पुस ।  यो सातादेखि तराईका जिल्लाहरुमा सीतलहर चलिरहेको छ । शितलहरका कारण जनजिवन प्रभावित बनेको छ । बर्दियामा शितलहर चलेका कारण बजारमा मानिसको चहल पहल घटेको छ जसका काराण व्यापार व्यवसायमा समेत प्रत्यक्ष असर परेको छ ।

शितलहरका कारण किसानले खेतका लगाएको आलु र तोरी बालीमा समेत असर परेको छ । तराईका जिल्लाहरु विगत केहि दिनदेखि दिनभर चिसो हावा चल्नुका साथै घाम नलाग्दा हुस्सुले ढाकेको छ । स्थानिय निकायले शीतलहरबाट वच्नको लागी कुनै ठोस योजना बनाएको देखिदैन, विशेष गरी ग्रामिन भेगका मानिसहरु चिसोका कारण वढि प्रभावित भएका छन । वालवालिका जेष्ठ नागरिक अझ वढि प्रभावित बनेका छन । नगरपालिकाले कुनै ठोस योजना बनाउन नसकिरहेको अवस्थामा स्थानियवासीले बाटो हिडने बटुवा र आफुलाई समेत हुने गरी दाउरा किनेर बालिरहेका छन ।

त्यसो त, जिल्ला बिपद व्यवस्थापन समिति बर्दियाले शितलहर बाट हुन सक्ने सम्भावित क्षति न्युनिकरण गर्नका लागी पुर्व तयारी गरेको थियो । तर त्यो प्रभावकारी हुन सकिरहेको छैन । सरोकारवाला निकाय, स्थानिय तह, जिल्ला जनस्वास्थ्य कार्यालय , डिभिजन वन कार्यालय , नेपाल रेडक्रस सोसाइटि तथा मानविय सहयोगी संघ सस्थाहरुमा र विभिन्न सरकारी गैर सरकारी संघ सस्थाहरुलाई समेतको सहभागीतामा सहयोगको व्यवस्था मिलाउने निर्णय समेत गरिएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सयोजक रुपन ज्ञवाली बताउंछन् ।

तराई भु भागमा जाडोको अत्याधिक नकारात्मक असर पर्ने गर्दछ । जाडो तथा शितलहरले प्रत्येक वर्ष हजारौ मानिसलाई प्रभावित गर्दछ । धुलोको कणहरु सहित जाडोको तरगंले हावालाई चिसो पर्दछ । पुष महिनादेखि मध्य माघसम्म सबैभन्दा बढी जाडो हुनेगरेको छ । जमिनको सतहबाट २ सयदेखि ४ सय मिटरसम्म ढुसी तथा तुवालोले ढाक्दछ । यसकारण, विहानमा त भिजिविलिटी पनि निकै कम हुन्छ । तापक्रम १० देखि १५ डिग्री सेल्सियससम्म कम हुंदा कतिपय मानिसको हाइपोथर्मियाका कारण मृत्यु समेत हुन्छ ।

चिसो तथा शितलहरका कारण स्वासप्रस्वास, रुघाखोकि, निमोनिया जस्ता स्वास्थ सम्वन्धि समस्याबाट धेरै मानिसहरु विरामी पर्ने र केहि व्यक्तिको मृत्यु समेत हुने गरेको छ । यसबाट विशेष गरी बाल बालिका जेष्ठ नागरिक, सुत्केरी, गर्भवति शितलहरबाट सबैभन्दा बढी प्रभावित हुन्छन् । यसका साथै। बर्दियामा २०७१ र २०७४ सालको बाढिबाट प्रभावित भई हालसम्म पनि पुर्नस्थापना हुन नसकेका परिवार समेत शितलहरको जोखिममा परेका छन् । शितलहर बढेसंगै स्वास्थ्य संस्थामा बिरामीको चाप पनि बढदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group