ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदेशिक स्रोतको रकम फुकुवा नहुँदा कर्मचारीले तलब पाएनन्


admin
५ पुस २०७६, शनिबार   १ : २०   बजे

काठमाडौं, ५ पुस । वैदेशिक स्रोतको रकम फुकुवा नहुँदा जिल्लाका स्थानीय तहका कर्मचारीले दुई महिनादेखि तलब पाउन सकेका छैनन् । कोष तथा लेखा नियन्त्रण कार्यालयबाट सशर्त अनुदान रकमको दोस्रो चौमासिकको निकासा नहुँदा कर्मचारीले कात्तिक र मङ्सिरको तलब पाउन नसकेका हुन् ।

रकम फुकुवाको निर्णय महालेखा नियन्त्रण कार्यालयले गर्ने भए पनि अहिलेसम्म रकम फुकुवा हुन नसक्दा कर्मचारीले तलब पाउन नसकेको शुक्लाफाँटा नगरपालिका कार्यालयका लेखापाल महेशदत्त जोशीले बताउनुभयो । उहाँका अनुसार सर्शत अनुदानअन्तर्गत तलब पाउनेमा विद्यालयका शिक्षक, कर्मचारी, बालविकासका सहजकर्ता, नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी, आयुर्वेद औषालयका कर्मचारीलगायत छन् ।

“वैदेशिक स्रोतको रकम फुकुवा नहुँदा शिक्षक र कर्मचारीले तलब पाउन सकेका छैनन्”, उहाँले भन्नुभयो, “विद्यालयको विभिन्न शीर्षकको अनुदान र स्वास्थ्य शाखाअन्तर्गतका कार्यक्रमसमेत प्रभावित भएका छन् ।” जिल्लाका विद्यालयका शिक्षक, कर्मचारी र स्वास्थ्यतर्फका कर्मचारीले तलब पाएका छैनन् ।

योजना प्रभावकारी बनाउन पदाधिकारीलाई तालीम

योजनालाई पारदर्शीरूपमा सञ्चालन गर्नका लागि शुक्लाफाँटा नगरपालिकाले उपभोक्ता समितिका पदाधिकारी र जनप्रतिनिधिका लागि योजना सञ्चालनसम्बन्धी तालीम सञ्चालन गरेको छ । योजनालाई प्रभावकारी बनाउनका लागि वडाका जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीका लागि तालीम सञ्चालन गरेको हो ।

तालीममा योजना सञ्चालनका लागि उपभोक्ता समिति गठन प्रक्रिया, योजना कार्यान्वयन, सम्झौता, फरफारकका लागि आवश्यक कागजातको व्यवस्था गर्ने, योजनाको आपनत्वसम्बन्धी कुरा सिकाइन थालेको नगरपालिकाका लेखापाल जोशीले बताउनुभयो । तालीमको व्यवस्था नहुँदा उपभोक्ता समितिका पदाधिकारी योजनाको किताबमात्रै ल्याएर आउन थालेपछि योजना फरफारक गर्न निकै कठिन हुन थाल्यो उहाँले बताउनुभयो

तालीमपश्चात योजना कार्यान्वयनसँगै लेखा राख्न र योजना निर्माणको कार्य पूरा भएपछि रकम भुक्तानी गर्न सजिलो हुने उहाँले बताउनुभयो । योजना कार्यान्वयनसँगै पदाधिकारीलाई सम्झौताका प्रक्रिया, प्राविधिक लागत अनुमान, योजना फछ्र्यौट र प्रशासनिककार्यबारे जानकारी दिइन थालेको छ । चार/चार वडाका पदाधिकारीलाई तीन समूहमा बाँडेर तालीम दिन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group