गोरखा २९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले बुढी गण्डकी जलविद्यत आयोजनाको लाइसेन्स अनुमति खारेज गर्ने निर्णयको विरोध गरेका छन् । गोरखाको भच्चेकमा भएको चुनावी सभामा बोल्दै ओलीले भने यो सरकारको काम चुनाव गराउने हो कि लाइसेन्स खारेज गर्ने ? यस्ता हर्कत भएमा देशको आर्थिक सम्वृद्धिको बाटोमा गम्भीर असर पनेए ओलीको भनाई थियो ।
ओलीले सभामा बोल्दै भने गोरखामा नयां शक्तिको मञ्चमा बस्ने र गीत गाउने बाहेक सुन्ने कोही पनि मानिस बांकी छैन ।
जनतालाई हेर्ने सरकार बनाउने एउटै कम्युनिस्ट पार्टी बनाउने उद्धेश्य मात्र प्रचण्ड र मेरो रहेको छ भन्दै ओलीले कसैलाई पनि विचलित नहुन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्