ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारबाट समाजवादी पार्टीको बहिर्गमन, प्रदेश २ मा पनि सरकार हेरफेर हुने संकेत


एबीसी न्यूज
८ पुस २०७६, मंगलबार   ४ : ५१   बजे


काठमाडौं,  ८  पुस ।  संविधान संशोधनको मागसहित सरकारमा सामेल भएको १९ महिनापछि समाजवादी पार्टीले सरकार छोडेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीसँग संविधान संशोधन गर्ने सहमति गर्दै गएको २०७५ जेठमा सरकारमा सामेल भएको समाजवादी पार्टी १९ महिनापछि सरकार छाडेको हो । सरकारमा सहभागी हुँदाका बेला आफूहरुसँग गरिएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री उदासिन भएपछि बाध्य भएर सरकारबाट बाहिरिने निर्णय गरिएको पार्टीले जनाएको छ ।

तत्कालीन समाजवादी फोरम नेपालका अध्यक्ष रहनुभएका उपेन्द्र यादवको नेतृत्वमा पार्टी सरकारमा सहभागी भएको थियो । सरकारमा सहभागी हुँदा उसले सत्ताको बागडोर सम्हालेको नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सहमति गरेको थियो ।

२०७५ जेठ १४ गते भएको सहमतिमा समाजवादी पार्टीले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र नागरिकको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गर्ने उल्लेख थियो । यस्तै सरकारले गर्न सक्ने कामहरु सरकारको नीति र कार्यक्रममा समावेश गर्ने पनि उल्लेख गरिएको थियो ।

सरकारमै सहभागी भएर सरकारकै विरोध गर्दै हिँडेको भन्दै उपप्रधानमन्त्री यादवलाई प्रधानमन्त्री ओलीले त्यसो नगर्न पटक पटक सचेत पनि गराउनुभएको थियो । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले सार्वजनिक कार्यक्रमहरुमा सरकारको आलोचना गर्दै आउनुभएको थियो ।

एक महिनाअघि गएको मंसिर ३ गते प्रधानमन्त्री ओलीले समाजवादी पार्टीसँग सल्लाह नै नगरी यादवलाई स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयमा विभागीय जिम्मेवारी हेरफेर गरिदिनुभएको थियो । यस्तै समाजवादी पार्टीबाट नियुक्त भएका राज्यमन्त्री रामकुमारी चौधरीलाई बर्खास्त गर्नु भएको थियो ।

यसैबीचमा गएको पुस २ गते सत्तारुढ दल नेकपाले विपक्षी दल राष्ट्रिय जनता पार्टीसँग राष्ट्रिय सभा चुनावमा तालमेल गर्ने दुई बुँदे सम्झौता गरेसँगै समाजवादी पार्टी सशंकित बनेको थियो ।

सत्तासहयात्री दललाई पाखा लगाउँदै विपक्षी दलसँग सम्झौता गरेपछि समाजवादीलाई झनै सरकार छाड्ने दवाब परेको थियो । सरकारमा सहभागी भएर पनि संविधान संशोधन गराउन नसकेको, आन्दोलनमा उठेका मुद्दालाई भुलेको, पार्टीले मधेसको मागलाई छाड्दै गएको भन्ने आरोप मधेसवादी दललाई लाग्दै आएको थियो ।

यस्तो आरोपलाई गलत देखाउन र फेरि पनि नागरिकसँगै सडकमा जान उपेन्द्र यादवले सरकार छाड्ने अघिल्लो दिन सोमबार संविधान संशोधनको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लिएर जानुभयो ।

तर प्रधानमन्त्रीको असहमतिपछि कानुन मन्त्रीको हैसियतमा यादवले बैठकमा पेश गर्न लगेको संविधान संशोधनको प्रस्ताव पेश नै हुन पाएन । प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्नै नहुने भन्ने नभए पनि सबै दलसँगको सहमतिमा प्रस्ताव ल्याउनु पर्नेमा राजनीतिक स्टण्डबाजीका लागि यस्ता प्रस्ताव नल्याउन यादवलाई सचेत गराउनुभएको थियो ।

संविधान संशोधनका लागि सरकारमा गएको तर संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्रीले ठाडै अस्वीकार गरेपछि सरकारमा रहिरहनुको औचित्य नरहेकाले पार्टी सरकारबाट बाहिरिने निर्णयमा पुगेको पार्टीका उपाध्यक्ष रकम चेम्जोङले बताउनुभयो ।

सरकारमा सहभागी भएको १९ महिना बित्दा पनि सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली आफूहरुको मागप्रति उदासीन बनेको र प्रस्ताव लैजाँदा पनि बैठकमै पेश हुन नदिएपछि बाध्य भएर सरकार छाड्न परेको उहाँले बताउनुभयो ।

समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै अब के हुन्छ भन्ने चासो उब्जिएको छ । सत्तारुढ दलसँग बहुमत रहेकाले समाजवादी पार्टी सरकारबाट बारिए पनि सत्ता समिकरणमा कुनै असर पर्दैन ।

सरकारबाट बाहिरिएको समाजवादीलाई प्रदेश २ मा पनि धक्का पुग्न सक्ने विश्लेषण कतिपयको छ । प्रदेश २ मा अहिले समाजवादी नेतृत्वमा राजपासहितको गठबन्धन सरकार छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group