ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विजोग काठमाडौ महानगर : आश्वासनको पोको बाड्दै वडावडामा (भिडियोसहित)


एबीसी न्यूज
९ पुस २०७६, बुधबार   ११ : ५७   बजे

काठमाडौं, ९ पुस । काठमाडौं महानगर न्यूनतम भौतिक तथा सेवा प्रवाहमा सफल हुन सकेको छैन । स्थानीय तहको निर्वाचन सम्पन्न भएको अढाइ वर्ष पुग्दै गर्दा पनि महानगरभित्रको सडकदेखि फोहोरको व्यवस्थापन पानी धारा र शौचालयको अवस्था विजोग छ ।

नगरबासीको अपेक्षा उन्नाइसको बीस हुन सकेका छैन , तर महानगर नेतृत्व अनुगमनको बाहानामा नागरिकलाई आश्वासनको पोका बांड्न वडा तहमा पुग्न थालेको छ ।

काठमाडौं महानगरले ७ नम्बर वडाको मैजुबहाल, कुमारीगाल लगायतका स्थानमा अनुगमन गरेको छ । अनुगमनमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिलाका सल्लाहकार डाक्टर राजन भट्टराई पनि टोलीमै पुगेका थिए । अनुगमनको क्रममा मैजुबहालका स्थानीयले सडक निर्माण ताका आफ्नो जग्गा सडकले लिएपनि समयमै सडक निर्माण हुन नसकेकोमा असन्तुष्टी पोखेका छन् । खाल्डा, खुल्डी समस्याका कारण पैदल यात्रुहरु घाईते समेत हुने गरेको भन्दै समयमै निर्माण कार्य गर्नुपर्ने स्थानीको माग छ । महानगरले जनचाहाना अनुरुपका काम सबै समयमै हुने आश्वासनको पोको पुनः फुकाएको छ ।

स्थानीयले जथाभाबी छरपष्ट फालिएका विद्युत र केबुलको तारको समस्याले सताएकोले व्यवस्थित गर्न माग गरेका छन् । कसैको घरमा घरमा त बत्तीको समस्या त कतै पानीको समस्या । फोहोर, अव्यस्थित सकडको हालत उस्तै छ । भौतिक पूर्वाधारका सामाग्री झनै अस्तव्यस्त छ । पूर्वाधारमा भएको यो मजाकले आवात्जावतमै समस्या पुगिरहेको छ । जर्जर अवस्था देखाउदै स्थानीयले आक्रोस पोखेका छन् ।

वडा नम्बर ७ विश्व सम्पदामा सूचिकृत सम्पदाहरु भएको वडा हो । यो वडा पशुपति र बौद्धको बीचमा अवस्थित छ । तर अव्यवस्थित शहरीकरणले सडक समेत हराएको छ । स्थानीय आउ जाउ गर्न समेत कठिन छ । मर्दा मलामी र जिउदाको जन्ती आउजाउ गर्ने बाटो समेत छैन । यस्तो अस्तव्यस्तमा नागरिकले दैनिकी काट्नु पर्ने विवशता छ ।

बाटो पुरै ढाक्ने गरी निर्माण सामाग्री बीच बाटोमा थोपरिएको छ । तर वडा कार्यालय यसबारे बेखबर छ । संभवतः वडा र ठेकेदारको सेटिङ हुन सक्छ । आफै आयोजना कार्यान्वयन गर्ने आफै अत्तोपत्तो छैन भन्ने यो कस्तो गैरजिम्मेवार अभिव्यक्ति ? अनुगमनकै क्रममा मात्रै बाटोको यस्तो हविगत अनुगमनबाट थाहा भएको बताउछ वडा सरकार । अनुगमनमा चर्का दबाबपछि ठेकेदार कम्पनीको होस खुलेको छ । होल्ड…
स्थानीयले एउटा मात्रै समस्य भोग्न बाध्य छैनन् । पानी बाटो, सरसफाई धुवा धुलो उनीहरुको दैनिकी जस्तो बनेको छ । स्थानीय सरकार आएपछि के के नै होला भनेर आशामा बसेका स्थानीय अहिले उस्तै जर्जरतामा जिउदै आएका छन् ।

वडा नम्बर ७ को लागि चालु आर्थिक वर्षमा ३ करोड रकम विनियोजन गरिएको छ । नियन्त्रण र अनुगमनको अभावमा सरकारी जग्गाको करिब ५, ६ आना जग्गा व्यक्तिले दाबी गरिसकेको अवस्था छ । तर,समग्र महानगरबासीको माग र चाहानालाई पुरा गर्दै महानगर अगाडि बढ्ने महानगर प्रमुख शाक्यको गुलियो प्रतिवद्धता छ ।

महानगरको ३२ वटै वडाको अनुगमनको चटारोमा महानगर छ । महानगरले गर्न खोजेको प्रयास सकारात्मक नै छ । तर, मौसमी अनुगमनको भीड देखाएर महानगरको लक्ष्य हासिल होला र ? त्यसको लागि दीर्घकालीन सोच नीति योजना र कार्यक्रमलाई कार्यान्वयन गर्न सके महानगरले गर्ने अनुगमनको सार्थकता हुन्छ कि ? नगरबासीको यो प्रश्नको जवाफ कहिले आउछ ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group