ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बहिनीसँग प्रेम सम्बन्ध, बिहे गरौं भनेपछि हत्या (यसरी भयो घटना)


एबीसी न्यूज
१५ पुस २०७६, मंगलबार   ९ : २३   बजे


काठमाडौं, १५  पुस।  दाजु बहिनीबीचको प्रेमले ताप्लेजुङमा डरलाग्दो घटना निम्त्याएको पाइएको छ । गत मंसिर १५ गते मेला जान निस्किएकी आठराई त्रिवेणी गाउँपालिका–२ चोकपुर निवासी १९ बर्षीया मन्दिरा अधिकारी र दाजु नाता पर्ने रमेश अधिकारीबीचको प्रेमले हत्यासम्म निम्त्याएको पाइएको छ ।

मंसिर १५ गतेबाट मन्दिरा बेपत्ता छिन । मन्दिरालाई बेपत्ता पारेको अभियोगमा प्रहरीले रमेशलाई पक्राउ गरेपछि यस्तो तथ्य बाहिर आएको हो । प्रहरीका अनुसार उनीहरुबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । प्रहरीसँगको बयानमा रमेशले आफूहरुबीच प्रेम सम्बन्ध रहेको र बिहे गरौं भनेपछि मन्दिराको हत्या गरेको स्विकार गरेका छन । ‘मन्दिरा र मेरो दुई वर्षदेखि प्रेम थियो, उसले बिहे गरौं भनेर दबाब दिइरहेकी थिइन, हामी दुवै अधिकारी भएकाले बिहे गर्न मिल्दैनथ्यो । त्यसैले मारिदिएँ,’ प्रहरीका अनुसार रमेशको बयान भनेका छन । मन्दिराको शव नभेटिएकाले प्रहरीले रमेशलाई व्यक्ति बेपत्ता पारेको अभियोगमा मुद्धा दायर गरी अनुसन्धान गरिरहेको छ ।

काका चन्द्रका अनुसार मन्दिरा बेपत्ता भएकै दिन दिदी एलिसाको फेसबुकमा झापाको हल्दीवारीस्थित नारायण पौडेलको छोरा दिपकसँग विवाह गरेको भनेर मन्दिराको फेसवुकबाट मेसेज आएको थियो । त्यसपछि परिवार छोरीले विवाह गरेको केटा र उसको पारिवारिक अवस्था वुझ्न झापा पुगेका थिए तर कतै फेला पार्न सकेनन । दिदीकै फेसवुकमा फेरि दलित थरका युवकले आफूलाई भारत पुर्याएको भनेर अर्को मेसेज आयो । सो मेजेस रमेशले पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । वेपत्ता भएकै दिन चोकपुरस्थित उनको घरबाट करिव ४० मिनेटको पैदल दुरीमा रहेको तमोर नदी किनारको मित्ला खेतमा लगेर हत्या गरी पुलबाट नदीमा फालिदिएको रमेशले प्रहरीसमक्ष बयान दिएका छन ।

यसरी भयो घटना

घटनामा संलग्न रमेशको मंसिर २५ गते विवाह तय भएको थियो । विवाहका सामान खरिद गर्न उनी मंसिर १७ गते फुङलिङ बजार गए । बजारबाट फर्कने क्रममा पीडितलाई सम्पर्क गरी पुलमा भेट्ने योजनाअनुसार भेट भयो । भेटका क्रममा विवाहबारे विवाद भएपछि हत्या गरि झोलुंगे पुलबाट नदीमा हालिदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनापछि रमेशले आफू अपहरणमा परेको र असुरक्षा भएको भन्दै आफ्नै परिवार तथा प्रहरीलाई झुटो जानकारी दिएका थिए । रमेशको वयानपछि उनलाई लिएर घटनास्थल पुगेको प्रहरीले घटना भएको भनिएको मित्ला खेतमा मन्दिराले लगाएको आउटर, कपालमा लगाउने चिम्टी, चप्पल र छोरा मान्छेले हातमा लगाउने पञ्जा र मन्दिराले कानमा लगाएको टप फेला पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो सरकारी पोस्टिङ नै अन्तिम यात्रा बन्यो, आयुषको देवघाटमा अन्त्येष्टि

भोटेकोसी बाढीपीडितका लागि बाबुराम भट्टराईले दिए एक लाख सहयोग

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu