काठमाडौं, १५ पुस। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्होसारको छुट्टै सांस्कृतिक महत्व भएको बताउनुभएको छ । उहाले
तमु ल्होसार २०७६ को उपलक्ष्यमा मंगलबार शुभकामना सन्देश दिँदै यस्तो बताउनु भएको हो । ‘पुरानो वर्ग (वर्ष)को बिदाई र नयाँ वर्गलाई स्वागत गर्दै तमू (गुरुङ) समुदायले विशेष उत्साह र उमङ्गतासाथ मनाउने यस पर्वले छुट्टै मौलिक परम्परा र सांस्कृतिक महत्व राखेको छ,’ प्रचण्डले भन्नु भएको छ , ‘सांस्कृतिक परम्पराको धनी राष्ट्र नेपालका तमु समुदायले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै आइरहेका छन् ।’ प्रचण्डले नेपाली पहिचानसहितको विचारलाई माथि उठाउन सबैको ऐक्यवद्धता आवश्यक भएको पनि उल्लेख गरेका छन् । ‘२१ औं शताब्दीमा नेपाली पहिचान सहितको विचारलाई माथि उठाउन र विश्वव्यापी बनाउन सबै क्षेत्र, लिङ्ग, वर्ग, समुदायको ऐक्यवद्धता आजको आवश्यकता हो,’ प्रचण्डद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्