ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल भ्रमण वर्ष २०२० ले मुलुक तात्यो तर पूर्वाधारका समस्या मुख्य चुनौति (भिडियोसहित)


एबीसी न्यूज
१५ पुस २०७६, मंगलबार   १२ : ४६   बजे

काठमाडौं, १५  पुस। यतिबेला भ्रमण वर्षको महोल चुलिदो छ । मौसम चिसो छ, तर भ्रमण वर्षको रौनकताले मौसम नै तातेको छ । २० लाख पर्यटक ल्याउने उदघोषसहितको राष्ट्रिय अभियानले मुलुकभित्र मात्रै होइन,बारिह पनि उत्तिकै छ । आवस्यक पूर्वाधर बन्दोबस्तको समस्या नभएका त होइनन्, तर सरकार पर्यटन क्षेत्रमा गुणात्मक फड्को मार्ने दुस्साहासका साथ भ्रमण वर्षको अभियानमा जुटेको छ । सातै प्रदेश जिल्ला स्थानीय तह सबै सबैतिर भ्रमण वर्षको माहोल निकै गर्मा गर्मी छ ।

अंगे्रजी वर्ष २०२० को पहिलो दिन जनवरी १, पर्यटन क्षेत्रको ऐतिहासिक औपचारिक दिन हो । समृद्धिको सपनाको आधार पर्यटनबाटै संभव देखेको राज्य यतिबेला विदेशी पाहुनाको स्वागत गर्न निकै आतूर छ । पूर्वाधार र बन्दोबस्तका यावत समस्या नभएका पनि होइनन् । तर विदेशी पाहुनालाई समस्याको बीचमा पनि आतिथ्यता दिने सरकारी योजना हो

भ्रमण वर्षका लागि सरकारले ६१ करोड ७४ लाख बजेट विनियोजन समेत गरेको छ । मुल आयोजक समिति, प्रदेश पर्यटन प्रवद्र्धन समिति हुर्दै जिल्ला र स्थानीय तहमा संयन्त्र समेत बनाएको छ सरकारले । राष्ट्रिय पर्वको रुपमा मनाउने महत्वकांक्षी सपना देखेको सरकारले आवस्यक सबै तयारी सकेको छ । प्रचाारात्मक हिसाबले सबै तयारी गरेको सरकारका अगाडि पूर्वाधार र बन्दोबस्त समस्या नै छ । यद्यपी सरकारले सागको जस्तै भव्य तयारी भएको दाबी छ ।

भ्रमण वष मनाउने सन्दर्भमा सरकार एक कदम अघि बढेर दशक वर्षको रणनीतिमा जुटेको छ । सन २०३० सम्ममा एक करोड विदेशी पर्यटक भित्र्याउने उद्घोष गर्दै सरकारले थप महत्व दिएको छ । सरकारको भनाई अनुसार नेपाल भ्रमण २०२० अन्तिम होइन, यो भ्रमण वर्ष दशकको शुरुवाती हो । दशक वर्षको शुरुवातीको रुपमा लिएको भ्रमण वर्ष २०२०को औपचारिक कार्यक्रम देशभर तहगत रुपमा तय भएका छन् । संघीय सरकारले दशरथ रंगशालामा औपचारिक उद्घाटन गर्ने भएको छ । राष्ट्रपतिबाट उद्घाटन र प्रधानमन्त्रीबाट सम्बोधन हुनेछ ।

त्यसैगरि प्रदेश १ ले विराटनगरको शहीद मैदानमा भव्य उद्घाटन गर्ने तयारी छ ।समारोहमा प्रदेश १ का विभिन्न कला र संस्कृति प्रस्तुति गरिनेछ । प्रदेश १ ले भ्रमण वर्षमा ५ लाख पर्यटक भित्र्याउने योजना छ । त्यर्सैगरि प्रदेश २ को उद्घाटन जनकपुर धाममा हुने भएको छ । प्रदेश २ ले विभिन्न कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको औपचारिक सुरुवात गर्दैछ । त्यस्तै प्रदेश ३ ले चितवनको सैराहमा हुने कार्यक्र छ ।

प्रदेश ३ सरकारले सीमा नाकामा स्वागत गर्ने तयारी गरेको छ ।

त्यस्तै गण्डकी प्रदेश सरकारले पोखरामा विशेष कार्यक्रम उद्घाटन तय गरेको छ ।प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि पोखरामा विशेष कार्यक्रम गर्दैछ । त्यस्तै प्रदेश ५ सरकारले लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ‘लुम्बिनी भ्रमण वर्ष’ घोषणा समेत गरेको छ ।विशेष कार्यक्रम गरी भ्रमण वर्षको उद्घाटन गर्दैछ ।
उता एक लाख पर्यटक भित्र्याउने लक्ष्य सहित कर्णाली प्रदेश जुटेको छ । कार्यक्रममा कर्णालीका १० वटै जिल्लाका सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ ।

त्यसैगरि सुदूरपश्चिम प्रदेशले धनगढीमा रहेकोे संघीय प्रहरी इकाई मैदानमा कार्यक्रम गदैछ । कार्यक्रम सुदूरपश्चिमको कला र संस्कृतिक झाँकी प्रदर्शन हुनेछ । सीमाना नाकाबाट भित्रिने पर्यटकलाई स्वागत गरिने छ यसरी भ्रमण वर्ष मनाउने सरकारी तयारी जति अवसरको रुपमा । यत्ति २० लाख पर्यटक भित्र्याउने र बसाइ अवधि १४ दिन र खर्च ६५ अमेरिकी खर्च औसत पुराउने मुख्य चुनौति छ । करोडौ खर्च गरेको सरकारले भ्रमण वर्षले औसतमा पर्यटक भित्र्याउन नसक्ने हो कि भन्ने चिन्ता जिवितै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो सरकारी पोस्टिङ नै अन्तिम यात्रा बन्यो, आयुषको देवघाटमा अन्त्येष्टि

भोटेकोसी बाढीपीडितका लागि बाबुराम भट्टराईले दिए एक लाख सहयोग

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu