ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धार्मिक सहिष्णुता राखेर समृद्धिमा लागौँ– मन्त्री रावल


admin
१५ पुस २०७६, मंगलबार   १ : ४९   बजे

काठमाडौं, १५  पुस।कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले धार्मिक सहिष्णुता राखेर सरकारले तय गरेको समृद्धिको यात्रामा लाग्न सबैलाई आग्रह गर्नुभएको छ । नववर्ष सन् २०२० को पूर्वसन्ध्यामा इसाई समाज सुर्खेतद्वारा सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा उहाँले बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय देश नेपालमा विविधताभित्र एकता कायम भएको बताउनुभयो । मुलुक धर्मनिरपेक्ष भइसकेकाले विभिन्न धर्ममा आस्था राख्ने सबै समुदायका नागरिकलाई धार्मिक सहिष्णुता र सद्भाव कायम गर्दै देश विकासमा लाग्न उहाँले आग्रह गर्नुभयो ।
।
“कर्णाली प्रदेश सरकारले लिएको ‘समृद्ध कर्णाली, सुखी कर्णालीवासी’ को लक्ष्य हामी सबै धर्म सम्प्रदायका मिलेर पूरा गर्नुपर्छ”, मन्त्री रावलले भन्नुभयो, “यो ख्रिष्टमस पर्वले हामी सबैलाई एक भएर काम गर्ने प्रेरणा मिलोस् ।” नयाँ वर्षको नयाँ ऊर्जाले कर्णाली प्रदेशको विकास र समृद्धिमा टेवा पुग्ने उहाँले जिकिर गर्नुभयो ।

इसाई धर्मगुरु रेभरेण्ड डा बालकृष्ण शर्माले धर्म र संस्कृतिले चरित्रवान एवं निष्ठावान व्यक्ति निर्माण हुने बताउनुभयो । डा शर्माले भन्नुभयो, “खराब कुराको जरा मानिसको हृदयमा भएको पाप हो । जसले मानवबीच हिंसा, विवाद, द्वन्द्व ल्याएको छ ।” तीर्थ तथा दानले उद्धार र मुक्ति पाउन नसकिने भन्दै संसारका दीन, दुःखी र अप्ठ्यारोमा परेकाहरुका सहयोगी बन्न उहाँले सबैलाई आग्रह गर्नुभयो । इसाई समाज सुर्खेतका अध्यक्ष रेभरेण्ड पास्टर पदम गैरेले संविधानले व्यवस्था गरेको धर्मनिरपेक्ष राज्यमा सबै धर्मावलम्बीलाई समान व्यवहार गरी असल संरक्षकको भूमिका निर्वाह गर्न अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group