काठमाडौं, १५ पुस ।एक स्थानीय युवाकले घरमा कोही नभएको मौका पारेर तीन वर्षीया बालिकाको बलात्कार पछि हत्या गरेको प्रहरीले जनाएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा, बालिकाको बलात्कारपछि हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अभियुक्त पक्राउ परिसकेको बताएका छन्। बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा युवकले बालिकालाई बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेको छ।
घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको जानकारी प्रात्त भएको छ । बालिकाको शव महाकाली अस्पताल भीमदत्त नगरमा राखिएको जनाइएको छ । पक्राउ परेका युवाले अत्याधिक मदिरा सेवन गरेको र बलत्कार गरीएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्