लहान , १६ पुस । नयाँ बर्ष २०२० लाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको सन्युक्त टोलिले मापसे चेकजाँचलाई तिब्रता पारेको छ । बाटोमा अत्यधिक मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, क्षमता भन्दा धेरै यात्रु राख्ने कार्यमा संलग्न भएका सवारी साधानहरुलाई कडाइको साथमा चेकजाँच गरेर नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरत थापा श्रेत्रिले जानकारी दिएका छन् ।
त्यसैगरी सिरहा जिल्ला भरीबाट यस पालीको नयाँ बर्षमा मापसे शन्यूमा घटेको छ गत बर्षको तुलना भन्दा यस बर्षको नयाँ बर्षमा कम तथ्यांक छ । यसै गरि जम्मा दुर्घटना १ वटा घाइते २ जना रहेको र मापसे गरेको ३० जनालाई कार्बाही गरेको छ । १२ वटा गाडीलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिनुभएको छ । साथै अब देखि मापसे गर्नेहरुलाई तत्काल केही दिन भित्र ट्राफिक नियम सम्बन्धि कलाश अभिलेख राख्ने लाइसेन्स रद्ध गर्ने सार्वजनिक यातायात सवारी साधनमा मापसे गरेर चलाउनेलाई सार्वजनिक मुद्दा र हिरासतमा राख्ने कार्वाही सुरु गर्ने तयारीमा रहेको छ ।
अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने तथा नयाँ बर्षलाई मर्यादित बनाउने लहान ट्राफिक र ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी शरत थापा श्रेत्रिको बिशेष अभियान अन्तरगत भएको विशेष मापसे चेकजाँच र निगरानी गर्ने क्रममा लहानको विभिन्न ठाउँबाट सवारी साधनहरुलाई कडाइको साथमा निगरानी गरेको डिएसपी थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्