काठमाडौं, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच फोन वार्ता भएको छ। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत वार्ता भएको जानकारी दिनु भएको छ । आज बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग मेरो फोन वार्ता भयो। हामीले नयॉ बर्ष २०२० को शुभकामना आदान–प्रदान गर्यौं। दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन सन् २०१९ सफल रहेको निष्कर्ष निकाल्यौँ, प्रधानमन्त्री ओलीले ट्विटमा लेख्नु भएको छ । ओलीले बाँकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पुर्याउन सन् २०२० सफल रहनेमा आफूहरुले विश्वास व्यक्त गरेको उल्लेख गर्नुभएको छ । उहाले मैले प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको लागि पुनस् आग्रह गरेँ, ट्विटमा पोष्ट गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्