ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किसानले कार नचढ्दा सम्म पैचोले बिश्राम नलिने


sharan sharan
१६ पुस २०७६, बुधबार   १२ : ४८   बजे

बुटवल, १६ पौष । बसे पनि शहर गांउ कै खाने रहर भन्ने मुल नारा लिएर पहाड र उच्च पहाडका कृषि उपजहरुको बजारीकरण गरिरहेको पैचो पसलले आफ्नौ ५ औ बार्षिक उत्सव बिभिन्न कार्यक्रम गरि मनाएको छ ।
बार्षिक उत्सवको अवसरमा गुल्मीको बलेटक्सारमा आयोजित कार्यक्रममा उत्कृष्ठ कृषि उत्पादन गर्ने किसानहरुलाई सम्मान गर्नुका साथै आफ्नो भाबी कार्ययोजनाहरु सार्वजनीक गरेको छ । पैचोसंग कारोबार गर्ने किसानहरु मध्यबाट गुल्मीका रामकृष्ण कंडेललाई सर्बोकृष्ट किसानकारुपमा सम्मान गरिएको थियो । पैचोले कृषि उत्पादनमा उच्च योगदान गर्ने बिभिन्न गांउपालिकाबाट समेत उत्कृष्ठ किसानको सम्मान गरेको थियो । पुरस्कार पाउनेहरुमा रुरु गांउपालिका १ का महेन्द्र जङ्ग राना, छत्रकोट गांउ पालिकाबाट भुवन खराल, तानसेन नगरापालिका १४ बाट सिता पाण्डे, धुर्कोट गांउपालिकाबाट नारायण प्रसाद भण्डारी तथा पाणीनी गांउपालिका अर्घाखांचीबाट रामप्रसाद भट्टराई रहेकाछन् । कार्यक्रममा पैचोका आन्तरिक उत्कृष्ठ कर्मचारीहरुलाई समेत नगद सहित पुरस्कार प्रदान गरिएको थियो ।
सम्मानीत कृषक तथा कर्मचारीहरुलाई प्रदेश ५ सरकारका भूमि, ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेल र प्रदेशसभामा गुल्मीका सभासद कमल श्रेष्ठले प्रमाणपत्र र पुरस्कार बितरण गर्नुभएको थियो ।

बार्षिक उत्सव समारोहमा बोल्दै कृषि मन्त्री पौडेलले मुलुकको समृद्दिको आधार नै कृषि भएकाले कृषि पेशालाई राज्यले बिशेष महत्व दिएको बताउनुभयो । प्रदेश सरकारले स्थानीय सरकारहरुको समेत सहभागितामा ब्यवसायीक कृषि निती तयार गर्दै गरेको जानकारी गराउंदै केहि वर्ष मा कृषिमा परिवर्तनको अनुभुती गर्न सकिने अपेक्षा गर्नुभयो ।
प्रदेशसभा सदस्य कमल श्रेष्ठले पैचोले कृषकहरुको लागि ठूलो योगदान गरेको बताउंदै राज्यले पैचोलाई संगै लिएर हिंड्नुपर्ने बताउनु भयो ।
पुर्व संबिधानसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले बिदेशमा पलायन भएका युवाहरुलाई पैचो मोडलको माध्यमबाट फर्काउन सकिने बताउनु भयो । ग्रामिण खानपान छाडेर अधुनीक खानाले गांउको उत्पादन बिस्थापन भएको चर्चा गर्दै भण्डारीले फेरी बिस्तारै परम्परागत र ग्रामिण खानाको महत्व बढ्दै गएको बताउनु भयो ।
पैचो पसलका प्रबन्ध निर्देशक धु्रव न्यौपानेले ग्रामिण क्षेत्रका किसानलाई कार चढ्ने हैसियत नबनाउंदा सम्म पैचोले बिश्राम नलिने बताउनु भयो ।
पैचो पसलले पहाडी र उच्च पहाडी कृषि उत्पादनहरुलाई कच्चा पदार्थकारुपमा उपयोग गर्दै ४० बढी अन्ततरराष्ट्रिय गुणस्तरका खाद्य उत्पादन गर्दै आएको छ । पैचोका अनुसार अहिले नेपालको प्रदेश नम्बर १ बाहेक सबै स्थानीय बजारमा पैचो उत्पादन उपलब्ध रहेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group