काठमाडौं, १६ पुस । अर्थमन्त्री युवराज खतिवडाले ऐन कार्यान्वयनमा नआउँदै शंका, उपशंका नगर्न उपयुक्त नहुने बताउनुभएको छ ।
राष्ट्रियसभामा पेश भएको ‘नेपाल विशेष सेवा विधेयक २०७६’ माथि उठेको प्रश्नहरुको जवाफ दिँदै उहाँले विधेयकमा भएको प्रावधानहरु लोकतान्त्रिक विधिबाट कार्यान्वय हुने बताउनुभयो ।कतिपय कानुनहरु कार्यान्वयन तहमा जाँदा समस्या देखिएमा संशोधन गर्ने गरिएको बताउँदै उहाँले कानुन निर्माणको चरणमा यसमा भएको राम्रा कुराहरुलाई अपवादका रुपमा लागु हुन्छ की भनेर आशंका नगर्न आग्रह गर्नुभएको छ ।
अर्थमन्त्री खतिवडाले संविधानमा भएको मैलिक हक, गोपनियताका हकसम्बन्धि व्यवस्थाहरुलाई प्रतिकुल असर पर्नेगरी कानुन नबन्ने दाबीगर्नुभयो । सरकारले मौलिक हकलाई सुरक्षित र सुव्यवस्थित गर्न कानुन बनाउँदै खतिवडाले आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन नहोस् भन्नेतर्फपनि सबैले ध्यान दिनुपर्ने बताउनुभयो । प्रतिपक्षि दलका सांसदहरुले विरोधीलाई फसाउन कानुन ल्याएको बताइरहँदा डा. खतिवडाले लोकतान्त्रिक प्रकृयामा त्यस्तो नहुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
अहिलेको अवस्थामा कसैले कसैलाई चाहेर पनि फसाउन सक्ने अवस्था नभएको र कुनै कालखण्ड (राणाकाल) मा जस्तो विरोधी फसाउने पो होकी भन्ने आशंका नगर्न उहाँले आग्रह गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्