ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुल्मीमा पैँचो पसलले बदल्दै छ किसानको दैनिकी


एबीसी न्यूज
१७ पुस २०७६, बिहिबार   १० : १०   बजे


गुल्मी, १७ पुस ।  बारीमा कुहिएर नष्ट हुने फर्सी, अम्बा कुभिण्डो, गोलभेँडा र काँक्रा किसानकै घरदैलोमा पुगेर खरिद गरिदिन थालेपछि यतिबेला गुल्मीका किसान पैँचो पसलतिर आकर्षित बन्दै गएका छन् । गाउँमा उत्पादन भएका र बजार पाउन नसकेका तरकारी र फलफूललाई गाउँमा खुलेकोे पैँचो पसलले किनिदिँदा गुल्मीका थुप्रै किसानको आर्थिक अवस्थामा समेत ठूलो परिवर्तन आएको छ ।

पैँचो पसलका कारण नै यहाँका कतिपय किसान घरमै कृषि व्यवसाय गरी लाखौँ रुपैयाँ कमाउन सफल बनेका छन् । “शुरुमा पैँचोको विरोध गरेँ, यसले के गर्न सक्ला र भन्ने लागेको थियो, तर म पनि विस्तारै पैँचोसँग जोडिन पुगेँ, यस वर्ष रु दश लाख ९५ हजारको कारोवार पैँचोसँग गरेको रहेछु, मोटरसाइकल चढ्न र छोराछोरी पढाउन कुनै समस्या छैन, यसपटक पनि उत्कृष्ट किसानको रूपमा सम्मानित बन्न सफल बनेँ”, छत्रकोट–४ रुक्सेका अगुवा कृषक रामकृष्ण कँडेलले भन्नुभयो ।

गाउँमै उत्पादन भएको कृषिजन्य सामग्रीलाई सङ्कलन गरेर एकमुष्ट जिल्लाभित्र र जिल्ला बाहिरको बजारमा बिक्री गर्ने उद्देश्यले गत पाँच वर्षअघि गुल्मीको रुरुक्षेत्र गाउँपालिकाअन्तर्गत बलेटक्सारमा पैँचो पसल सञ्चालन गरिएको हो । पैँचोले गाउँमा उत्पादन भएको सामग्री पैँचोस्वरुप खरिद गरिदिनुका साथै घरखर्चमा आवश्यक पर्ने अरु बजारका सामग्री किसानलाई बिक्री गर्ने गर्दछ । पैँचोबाट सामान नलगेमा उसले सोझै किसानलाई पैसा उपलब्ध गराउने भएका कारण अहिले धेरैभन्दा धेरै कृषकलाई पैँचो पसलको प्रेरणाका कारण व्यावसायिकतातर्फ थप आकर्षित बनाएको छ ।

भिन्नभिन्न पेशामा आबद्ध ४५ युवाले शुरु गरेको उक्त पैँचोले जिल्लाभित्र र बाहिर गरेर नौ वटा शाखा सञ्चालन गरेको छ भने उक्त शाखाअन्तर्गत ३०० कर्मचारी र १२ हजार किसान आबद्ध छन् । शुरुमा रु दुई करोड लगानीबाट शुरु भएको पैँचो पसलमा अहिले रु ३० करोड लगानी भइसकेको छ । यसले सिन्की, मस्यौरा, कोदोको पीठो, जाम, सस, अचारलगायतका २७ वटा ब्राण्ड उत्पादन गरी स्वदेश तथा विदेशसम्म निर्यात गर्दै आइरहेको छ ।

“एउटा किसानले कारमा हिँडेर १०÷१२ जना कर्मचारी राख्ने अवस्था नपु¥याउँदासम्म म थाक्ने छैन, गरे नहुने भन्ने केही छैन, हिजो किसानलाई हेर्ने नजर विस्तारै बदलिँदै छ, पैँचोले यहाँका किसानलाई माथि उठाउनका लागि निरन्तर सक्दो प्रयास गरिरहेको छ”, पैँचो पसल प्रालिका प्रबन्ध निर्देशक धु्रव न्यौपानले भन्नुभयो ।

पैँचोले प्रत्यक वर्ष आफ्नो वार्षिकोत्सवको अवसर पारेर गाउँपालिकाकाका उत्कृष्ट किसान, उत्कृष्ट शाखा कर्मचारी, उत्कृष्ट सङ्कलन केन्द्र, कृषिउपज सङ्कलक, वितरण विभाग, लेखा, बजार, शाखा प्रबन्धक, सर्वोकृष्ट किसान र कर्मचारीलाई सम्मान गरी उनीहरुलाई थप हौसला प्रदान गर्ने कामसमेत गर्दै आइरहेको छ ।

पैँचो पसलले गाउँको उत्पादनलाई बजारसम्म पु¥याएर गाउँ र शहरलाई जोड्ने पुलको काम गरेको भन्दै प्रदेश नं ५ का कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री आरती पौडेलले पैँचोले गरेको कामप्रति सराहना गर्नुभयो । “राज्यले गर्ने काममा प्रालिले सहयोग गरिरहेको छ, प्रदेश सरकारले कृषि क्षेत्रको विकास र यसको समृद्धिका लागि निजी संस्थासँग पनि हातेमालो गर्दै अघि बढ्दै छ”, मन्त्री पौडेलले भन्नुभयो ।

उचित मूल्य र बजारको अभावमा गाउँमा उत्पादन भएका वस्तु त्यतिकै खेर जाने परिस्थितिले त्रसित बनेका किसानलाई पैँचोले गाउँमै पुगेर उनीहरुकोे खेतबारीबाटै कृषिजन्य उत्पादन किनिदिन थालेपछि यहाँका किसान आजभोलि व्यावसायिकतातर्फ उन्मुख बन्दै जान थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group